२०८१ असार ८ गते शुक्रवार

तुलसीपुरमा टीकाराम खड्का र श्यानी चौधरीको जित सुनिश्चित

तुलसीपुर , जेठ ११ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमोलका मेयर र उपमेयरका उम्मेदवारको जित सुनिश्चित भएको छ ।
दुई वडाहरुको मतगणना चलिरहेपनि प्राप्त मत परिणामका आधारमा मेयरमा टीकाराम खड्का र उपमेयरमा श्यानी चौधरीको जित सुनिश्चित भइसकेको हो ।

बुधबार बिहान ६ बजे प्राप्त मत परिणाम अनुसार ७११६६ मत गणना भइसक्दा मेयरमा खड्काले ३००३५ र उपमेयरमा चौधरीले २९३४३ मत प्राप्त गरिसकेका छन् ।

यहाँ मेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले २६६६९ र उपमेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजबादीका जोगबहादुर राना मगरले २०१४४ मत प्राप्त गरेका छन् ।

मेयरका उम्मेदवार मध्य एमालेका खड्का ३३६६ मतान्तरले अगाडि र उपमेयरमा चौधरी ९२०१ मतले अगाडि छिन ।
तुलसीपुरमा कुल ७४ हजार ३ सय ३६ मत खसेको थियो । यहाँ अब ३, १७० मत मात्रै गणना हुन बाँकी छ । एमालेका मेयर ÷ उपमेयरका उम्मेदवार दुबै गणना हुन बाँकी मत भन्दा बढी मतान्तरले अगाडि पुगिसकेको हुँदा मेयरमा खड्का र उपमेयरमा चौधरीको जित सुनिश्चित भएको हो ।

प्रकाशित मिति : २०७९ जेष्ठ ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *