तुलसीपुर, जेठ १० । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ मा नेकपा माओबादी केन्द्रका खुसीराम चौधरी अध्यक्षमा निर्वाचित भएका छन् ।
मंगलबार बिहान सार्वजनिक मत परिनाम अनुसार गठबन्धन दलबाट माओबादी केन्द्रका तुलसपुर नगर कमिटी अध्यक्ष चौधरी वडाध्यक्षमा निर्वाचित भएका हुन ।
चौधरीले २ हजार ४ मत प्राप्त गरि निर्वाचित भएका हुन । चौधरीका प्रतिष्पर्धी नेकपा एमालेका मानबहादुर केसीले १ हजार ८ सय मत प्राप्त गरे ।
चौधरीले केसीलाई २०४ मतान्तरले पराजित गरेका हुन । २०७४ सालमा एमालेले यो वडा जितेको थियो ।
त्यस्तै दलित महिला सदस्यमा नेकपा माओवादी केन्द्रका बिमला विश्वकर्मा १ हजार ८ सय १, महिला सदस्यमा मााओबादीकी कमला घर्ती मगर १ हजार ८ सय ८८, खुल्ला सदस्यमा नेपाली कांग्रेसका धनराज गौतम १ हजार ७ सय ८३ र कांग्रेसकै शेषमणी भण्डारीले १ हजार ७ सय १४ मत प्राप्त गरि निर्वाचित भएका छन् ।
यो वडामा जित हासिल गरे संगै माओबादीले तुलसीपुरमा वडा नं. १ , ४ र १२ गरि तीन वडाहरु जितेको छ ।
त्यस्तै नेकपा एमालेले २, ३, ६,८, १०,११ र १३ नम्बर गरि सात वडाहरु जितेको छ । यो पटक एमालेले काँग्रेसबाट २, ८, १०, ११ र १३ गरि पाँच वडाहरु खोसेको छ ।
त्यस्तै नेपाली काँग्रेसले वडा नं. ५, ७, ९ र १४ नम्बर वडाहरु गरि चार वडाहरुमा जित हासिल गरेको छ ।