२०८१ जेष्ठ ३० गते बुधवार

बुटवलको मेयरमा कांग्रेसका खेलराज पाण्डेय बिजयी,३० बर्षमा भत्कियो एमालेको ‘गढ’

बुटवल,जेठ ७ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका खेलराज पाण्डेय बिजयी भएका छन् गठबन्धनबाट मेयरका उम्मेदवार बनेका पाण्डेयले २५ बर्षपछि कांग्रेसको विरासत फर्काउन सफल भएका हुन् ।

एमालेको ३० बर्षे ‘गढ’ भत्काउंदै कांग्रेसको बिरासत फिर्ता भएपछि कांग्रेस नेता कार्यकर्ता निकै खुसी भएका छन् । बुटवललाइ यसअघि एमालेले आफ्नो ‘लालकिल्ला’ दाबी गर्दै आएको थियो ।

३० बैसाखमा भएको स्थानीय तह निर्वाचनको सार्बजनिक भएको पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार पाण्डेयले ७ हजारको मतान्तर कायम गरेका छन् ।

अहिले बुटवल ११ मा मतगणना जारी छ त्यहाँ करिब ४ हजार मत गणना बाँकी रहेपनि पाण्डेय ७ हजार मतले अगाडी रहेकोले जित पक्का भैसकेको बुटवल उपमहानगरका निर्वाचन अधिकृत लेखनाथ पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *