तुलसीपुर, जेठ ४ । घोराही उपमहानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि नरुलाल चौधरी दोहरिने लगभग निश्चित जस्तै भएको छ ।
बुधबार दिउँसोसम्म ६८ हजार ३६१ मतगणना हुँदा नेकपा एमालेका पोलिटब्यूरो सदस्यसमेत रहेका मेयरका उम्मेदवार चौधरीले ३२३१२ मतका अगाडि छन् ।
आफ्ना निकटतम प्रतिद्धन्दी नेकपा माओवादीका केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा (डायमण्ड) भन्दा चौधरी ६१३० मतले अघि छन । माओबादीका शर्माले २६१८७ मत प्राप्त गरेका छन ।
अब घोराहीमा लगभग १२ हजार जति मात्रै मत गणना हुन बाँकी छ । ४,५,६,७,८ र ९ नम्बर वडाहरुको मतगणना जारी छ ।
यी ठाउँबाट ६ हजार चौधरीलाई ऋण तिरेर अब शर्माले निर्वाचन जित्न लगभग असंभव जस्तै देखिन्छ ।
यहाँ उपमेयरमा एमाले उम्मेदवार ३०६२४ मत प्राप्त गरेकी छन् भने नेपाली काँग्रेसका भुपबहादुर डाँगीले ३०२६५ प्राप्त गरेका छन् । उनीहरु बीचको मतान्तर ३५७ रहेको छ ।
भपबहादुर डाँगीले भने अझैंपनि उपमेयरमा आँफु निर्वाचित हुने दाबी गर्दै आएका छन् । उनको त्यो संभावनालाई नकार्न मिल्दैन।