माओबादीले अध्यक्ष र उपाध्यक्ष एमालेले जितेदाङ, जेठ ३ । राप्ती गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रकाश विष्ट निर्वाचित भएका छन । नेकपा एमालेकी कमलापती चौधरी निर्वाचित भएकी छन ।
यहाँ माओबादी र राष्ट्रिय जनमोर्चाका बीचमा चुनाबी तालमेल भएको थियो ।
अध्यक्षमा निर्वाचित बिष्टले निकटतम प्रतिद्धन्दी नेकपा एमालेका जगतप्रसाद पोखरेललाई ११९८ मतान्तरले पराजित गरेका हुन ।
पोखरे राजमो छोडेर निर्वाचनको संघारमै एमालेमा पार्टी प्रबेश गरेका थिए । उनले पराजय बेहोरे पनि उनकै कारण एमालेले उपाध्यक्ष जित्न सफल भएको हो । पोखरेल राप्तीमा लोकप्रिय नेता मध्यका एक हुन ।
विष्टले ६८९८ मत प्राप्त गर्दा एमालेका पोखरेलले ५७०० मत प्राप्त गरेका थिए ।
यहाँ नेपाली कांग्रेसकी अध्यक्ष पदका उम्मेदवार जगदम्बाकुमारी चौधरीले ४१९९ मत प्राप्त गरेकी थिइन ।
दाङ जिल्लामा काँग्रेसले गाउँपालिका अध्यक्षमा उम्मेदवार बनाएकी चौधरी एक्ली महिला हुन । जगदम्बाले २०७४ सालमा गाउँपालिकाको उपाध्यक्ष जितेकी थिइन ।
नेपाली काँग्रेसबाटै असन्तुष्टि जनाउँदै गाउँपालिका अध्यक्ष पदमा सहिद श्रीनाराण चौधरीका छोरा बुद्धिप्रकाश चौधरीले यहाँ बागी उम्मेदवारी दिएका थिए ।
बुद्धिप्रकाशले ३००० बढी मत प्राप्त गरे । काँग्रेसको मत बिभाजन भयो । जगदम्बालाई आउने मत बुद्धिप्रकाशले काटिदिए ।
बागी उम्मेदवारीकै कारण गाउँपालिकामा नेपाली काँग्रेसले पराजय भोग्नु परेको जानकारहरु बताउँछन् ।
२०७४ सालको निर्वाचनमा राप्ती गाउँपालिकामा अध्यक्ष ÷ उपाध्यक्ष दुबै काँग्रेसले जितेको थियो ।
त्यस्तै राप्तीको उपाध्यक्षमा भने नेकपा एमालेकी कमलापती चौधरी निर्वाचित भइन । चौधरीले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका हरि भुसाललाई उपाध्यक्ष पदमा ११७८ मतान्तरणले पराजित गरेकी हुन ।
उपाध्यक्षमा निर्वाचित चौधरीले ६६७४ मत प्राप्त गरेकी थिइन भने निकटतम प्रतिद्धन्द्धी काँग्रेसका भुसालले ५४९६ मत प्राप्त गरेका थिए ।
राप्तीमा गठबन्धनबाट उपाध्यक्षमा उम्मेदवारी दिएका राष्ट्रिय जनमोर्चाका केशवराज खनाल तेस्रो स्थानमा आए । उनले ४४६५ मत प्राप्त गरेका छन् ।
राप्ती गाउँपालिकामा २०७४ सालमा नेपाली कांग्रेसले पालिका अध्यक्ष ÷ उपाध्यक्षसहित ५ वटा वडाहरु जितेको थियो । यतिखेर कांग्रेसबाट वडा नंं ३ मा उमेश अधिकारीले मात्रै जित्न सके ।
यसअघि माओबादीले राप्तीमा ३ र एमाले १ वडा मात्रै जितेको थियो । यसपाली माओबादीबाट वडा नम्बर २ मा पहलमान चौधरी र वडा नं. ९ मा रिमबहादुर सुनारी मगरले जितेका छन् ।
त्यस्तै एमालले यतिखेर पालिका उपाध्यक्षसहित ४ वडाहरु १ नं. वडामा गेमबहादुर खड्का, ५ नम्बरमा देवप्रसाद चौधरी, ७ नम्बरमा सिताराम चौधरी र ८ नम्बरमा चन्द्रबहादुर गुरुङले जितेका छन् ।
त्यस्तै दाङ जिल्लामै पहिलो पटक नेकपा एकीकृत समाजवादीले खाता खोल्न सफल भएको छ ।
राप्ती गाउँपालिका वडा नम्बर ६ मा समाजवादीका दीपककुमार चौधरी निर्वाचित भएर पार्टीको शाख जोगाएका छन् ।
यो समाजबादीका नेता तथा दाङ निर्वाचन क्षेत्र नं. १ का संघीय सांसद मेटमनि चौधरीको निर्वाचन क्षेत्र हो ।
यहाँ राष्ट्रिय जनमोर्चाका विरबहादुर चौधरीले वडा नम्बर ४ को वडा अध्यक्ष जितेर पार्टीको शाख जोगाउन सफल भएका छन् ।