२०८१ बैशाख ७ गते शुक्रवार

महायज्ञका लागि मोटरसाईकल ¥याली निकालिने

सुमन केसी,
तुलसीपुर, माघ २२ । तुलसीपुर उपमहानगरपालिका वडा न. ४ मा लगाईने महायज्ञको तयारी स्वरुप मंगलबार मोटरर्साकल ¥याली निकालिने भएको छ । यहि माघ २३ गते देखी फागुन १ गतेसम्म सञ्चालन हुन लागेको महायज्ञको तयारी स्वरुप मंगलबार मोटरसाईकल ¥याली निकालिने भएको हो ।

कैलाशधाम नागेश्वर मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र चौधरका अनसुार सबै घरमा गएर महायज्ञका बारेमा जानकारी गराउने गरेको बताए । उनका अनुसार महायज्ञ स्थललाइ सिगार्ने काम भईरहेको छ । त्यस स्थानमा २ महिना अघि आश्चर्यजनकरुपमा सर्प देखा परेको थियो । जसलाई नाग देवता भन्दै हेर्न जाने र पुजा गर्ने दर्शकहरुको भिडभाड उल्लेख रहेको छ ।

त्यस स्थानको संरक्षणका लागि शिव मन्दिर निर्माणार्थ महायज्ञ संचालण गर्न लागीएको हो । महायज्ञमा संकलित रकम बाट त्यस स्थानमा शिव मन्दिर निर्माण गरिने भएको छ । साथै नाग प्रकट भएको स्थानको डेढ कठ्ठा जग्गा किन्नुपर्ने भएकोले आर्थिक संकलनार्थ महायज्ञ संचालण गर्न लागिएको महायज्ञ मुल आयोजक समितिका संयोजक पदम केसीले जानकारी दिए ।

महायज्ञको कथा व्यासमा राष्ट्रिय विभुषीत नारीत्न विदुषी सुश्री अनुराधा शास्त्रीजि रहनेछन्, भने देशव्यापी १०८ श्रीमदभागवत सत्संकल्प अभियानकर्ता मुमुक्षु श्री उद्रव शर्मा रहनेछन् ।

प्रकाशित मिति : २०७५ माघ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *