दाङ, बैशाख ३१ । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा नेपाली काँग्रेस–नेकपा एमाले गठबन्धनको अग्रता कायमै राखेका छन् ।
मुसिकोट नगरपालिकामा ८९२ मत गणना गर्दा नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र केसीले ४७८ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा माओबादी केन्द्रका नगर प्रमुख पदका उम्मेदवार बशन्त शर्माले ३३३ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपप्रमुखमा नेकपा एमालेका गठबन्धनका उम्मेदवार थलबहादुर वलीले ३९१ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजबादीका बिमलकुमार पुनले २७६ मत प्राप्त गरेका छन् ।
मुसिकोटमा नेपाली काँग्रेस र नेकपा एमालेका बीचमा चुनाबी तालमेल रहेको छ । यहाँ नेकपा माओबादी केन्द्र र नेकपा एकीकृत समाजबादीका बीचमा पनि चुनाबी तालमेल भएको छ ।
प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार