२०८१ असार ७ गते बिहिवार

बसपार्कमा मतदानगर्न घरफर्कनेको लर्को

तुलसीपुर, २९ बैसाख । तुलसीपुर उपमहानगरपालिका—१८ मनीकापुर स्थाइ घर भएर रोजगारीको शिलशिलामा विराटनगर बस्ने तिर्थराज वली घर फर्केका छन् । विराटनगरको आरती टिन फ्याक्ट्रिमा कामगर्ने तिर्थको मतदाता नामावली तुलसीपुर—१८ मै रहेको छ । ‘चारबर्ष पछि हुन थालेको स्थानिय तहको निर्वाचनमा स्थानीय सरकार चुन्न घर आएको हुं’, वलीले भने ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका—१७ बघौसीका अन्जन पौडेल पनि स्थानिय तहको निर्वाचनमा मतदान गर्न बुधवार घर आइपुगे । काठमाण्डौमा पढाइ र रोजगारीको शिलशिलामा रहदै आएका पौडेल दशैतिहारमा मात्र घर आउथे । तर यो बर्ष उनी पहिलो पटक मतदान गर्न दाङ आएको बताए । ‘मलाइ आफ्नो उपमहानगरपालिकाका प्रमुख उपप्रमुख र वडाध्यक्ष छान्न चुनावमा भोट हाल्ने सानै देखि रहर थियो, तर उमेरले यस अघिका चुनावमा परीस्थीति बनेन, यसपाली नयां मतदाताका रुपमा आएको छु’, पौडेलले भने । पौडेलको भनाइमा स्थानिय सरकार चुन्न राजधानीमा बस्ने धेरै घर फर्केका छन् ।

सल्यान वागचौरका यमराज भण्डारीको अस्थाइ घर बांकेको कोहलपुरमा छ । तर स्थाइ घर भएको वागचौरमै मतदाता नामावली भएकाले उनी सल्यान पुग्नकालागी बुधवार तुलसीपुर बसपार्कमा भेटिए । ‘मतदान गर्न त जानै पर्यो, गाडि नपाएर अर्को गाडि कुरीरहेका छौं’, उनी परीवारै सहित तुलसीपुरको बसपार्कमा भेटिएका थिए । बसाइ जहां भएपनि माया पुख्र्यौली गाउको हुने भएकाले मतदाता नामावली समेत नयां ठाउमा नसारेको उनको भनाइ थियो । सल्यान वागचौरकै बुद्धिराम भण्डारी पनि उतै कोहलपुरबाट आएका छन् मतदानकालागी । उनले पनि स्थानिय सरकारप्रतिको अपनत्वका कारण मतदान गर्न भर्खरै कोहलपुरबाट तुलसीपुर बसपार्कमा उत्रेको बताएका छन् ।

बसपार्कमा सवैभन्दा भिड सल्यान रुकुम काउण्टरमा देखिएको छ । दाङमा व्यापार व्यवसाय गरी मतदान गर्न पुख्र्यौलि घर सल्यान रुकुम जानेहरुको जमात तुलसीपुरमा बढि छ । त्यसैगरी बैदेशिक रोजगारीबाट आएकाहरु रुपहिडिया र बनबासा तथा गड्डाचौकिबाट आएकाहरुले पनि तुलसीपुर बसपार्ककै रुट समाउनुपर्ने भएकाले पछिल्लो साता सल्यान रुकुमका बसहरु भरीभराउ भएको बस सन्चालकहरुले बताएका छन् । चाडो घर पुग्नकालागी हतारो गर्ने र ढिपि गर्ने यात्रुहरुका कारण सिट भन्दा बढि यात्रु बोकेर पनि सवार चलाउनुपरेको बाध्यता पनि उनीहरुले सुनाएका छन् । उनीहरुले सुनाएजस्तै महिलाहरु समेत बोनटमा बसेर सल्यान रुकुमका बसमा यात्रा गरीरहेका छन् । काठमाण्डौबाट आएकाहरुले पनि झोला झुम्टा बसपार्कमा उतारेर उतैका बस खोजिरहेका छन् ।

त्रिसिदेश्वरी राप्ती यातायात सेवा प्रालिका प्रशाशकिय प्रमुख प्रकाश भट्टका अनुसार यो चुनावकालागी नियमित भन्दा करीव ५० हजार जति यात्रु बढि तुलसीपुर ओर्लेका छन् । यो दशदिनको अवधिमा बस थप्नु नपरेपनि पहाडी क्षेत्रका बस्तीहरुमा चल्ने बसभरी यात्रु रहेका छन् । ‘रेगुलर बसले थामेको छ, बस थप्नु परेको छैन, तर यात्रुहरु भने बढेको पाएका छौं’, भट्टले भने, आवस्यक परे अव एक दिन बस थप गर्न सक्ने छौ । खासमा मतदान गर्न आउनेहरु बुधवार साझसम्म गन्तव्यसम्म पुगीसक्ने भएकाले एक दिनकालागी नियमित भन्दा बढि बस थप्न पनि आफुहरु तयार रहेको उनले बताए ।

मतदान गर्न फर्कनेहरुमा सवैभन्दा बढि रुपहिडिया नाका, कृष्णनगर नाका, भैरहवा नाका, तथा महेन्द्र नगर नाकाबाट आएको उनले बताएका छन् । काठमाण्डौ, विराटनगर र पोखराबाट पनि केहि यात्रुहरु थपिएको उनको अनुमान छ । मतदान गर्न फर्कनेहरुमा विद्यार्थिहरु बढि रहेका छन् । स्थानिय चुनावका कारण विद्यालय तथा क्याम्पसहरु बन्द भएकाले पनि विद्यार्थिहरुको चांप बढि देखिएको उनको बुझाइ छ ।

चारबर्षपछि मुलुकभर स्थानिय तहको निर्वाचनको मिति नजिकिंदैगर्दा घरफर्कनेको लर्को बसपार्कमा देखिएको छ । यसले बसपार्क क्षेत्रमा चना चटपटे, पानीपुरी र फलफुलको व्यापारमा केहि बृद्धि भएको त्यस क्षेत्रका व्यवसायीहरुले बताएका छन् । बसपार्कमा बस कुरीरहेका यात्रुहरु स्थानिय सरकारका प्रतिनिधि चुन्न निकै हतारोमा छन् । उनीहरुकै मतदानले स्थानिय सरकारलाइ बलियो बनाउने पनि अपेक्षा निर्वाचन आयोगले गरेको छ ।

प्रकाशित मिति : २०७९ बैशाख २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *