दाङ,बैशाख २९ । दाङको घोराही उपमहानगरपालिका– १७ ढिकपुरमा बनाइएको कृत्रिम ड्याममा डुबेर एक महिलाको मृत्यु भएको छ ।
नुहाउन गएका बेला चिप्लिएर ३० वर्षीया बिबा घर्तीको बिहिवार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
घर्तीको शव पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।
प्रकाशित मिति : २०७९ बैशाख २९ गते बिहिवार