२०७७ कार्तिक १५ गते शनिवार

बृद्धाश्रममा इन्ट्रयाक्ट क्लवको सहयोग


तुलसीपुर, माघ २० ।
इन्ट्रयाक्ट क्लव अफ गोरखा स्कुलले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ मा अवस्थित बृद्ध सेवा समितिमा पुगेर पाँचजना बृद्धहरुलाई चप्पल, जुत्ता, खाद्यान्न, फलफुल तथा खानेकुराहरु वितरण गरेको छ । कार्यक्रममा अध्यक्ष कृष्ण गौतमले स्कुलमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर जम्मा गरेको रकम तथा रोटरी क्लव अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लव अफ तुलसीपुरको आर्थिक सहयोगमा बृद्धहरुलाई सहयोग गरेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि बृद्ध सेवा समितिका संयोजक नोखीराम बस्नेतले इन्ट्रयाक्ट क्लवमा आवद्ध बालबालिकाहरुको समाजसेवाप्रतिको भावना देखेर आफू अत्यन्त हर्षित भएको बताए । कार्यक्रममा विशिष्ट अतिथि रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले आफ्नो खाजा खर्च कटाएर इन्ट्रयाक्ट क्लवमा आवद्ध बालबालिकाहरुले बृद्धाश्रममा आएर यस्तो सेवामूलक कार्य गर्नु समाजको लागि एउटा राम्रो उदाहरण भएको बताए ।

उक्त अवसरमा क्लवका निवर्तमान अध्यक्ष तुफानबाबु श्रेष्ठले अहिलेको आधुनिक जीवनशैलीमा आफ्ना बृद्ध बुवाआमालाई बोझ सम्झेर बृद्धाश्रम पठाउने परिपाटीलाई निरुत्साहित पार्न सम्बन्धित परिवारलाई सम्झाई बुझाई गर्न समितिले पनि भूमिका खेल्नुपर्ने र वास्तविक बेसहारालाई आश्रय दिनुपर्ने धारणा व्यक्त गरे । इन्ट्रयाक्ट क्लव अफ गोरखा स्कुलकी सदस्य अंकिता यादबको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव धिरेन गौतमले गरेका थिए । कार्यक्रममा रोटरी क्लव अफ तुलसीपुर सिटीका भावी अध्यक्ष देवबहादुर केसी, रोट्रयाक्ट क्लव अफ तुलसीपुरका अध्यक्ष रुपेश शर्मा, निवर्तमान अध्यक्ष सचिन पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 

 

प्रकाशित मिति : २०७५ माघ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *