२०८१ मङ्सिर २९ गते शनिवार

न जोखिम भत्ता, न टिनको छाना

कुटिचौर(विजौरी) बैसाख २३ । स्मार्ट सिटिको नमः गर्दैआएका तुलसीपुर उपमहानगरका यस अघिका नेतृत्वले टिनको छाना मुक्त घोषणा गरे । तर यो अभियान सफल भयो, जहां पक्कि छर छन्, जहा बजार छ, त्यहि मात्र ।

अर्थात तुलसीपुर उपमहानगरपालिकाका ५ र ६ वडा पुरै खरको छानामुक्त बने । तर १८, १९, १७.. लगायतका वडा किन खरको छानामुक्त बस्ती बन्न सकेनन? उम्मेदवारलाइ यहि प्रश्न सोधिरहेका छन् मतदाताहरुले ।

तुलसीपुर उपमहानगरपालिकाका मेयरका उम्मेदवार गेहेन्द्र गिरी तुलसीपुरको १९ नंवरको एउटा बस्तीमा पुग्दा त्यहांका जनताले छानीछानी सोर्स भएकालाइ मात्र टिन दिइको बताए ।

‘हाम्रो पहुच पुगेन, त्यसैले टिन पाएनौं’, कुटेचौरका मतदाताले गेहेन्द्रलाइ भनिरहेका थिए । आफ्नो चाहनाले मात्रै हुदोरहेनछ, त्यसैले हामी खरकै छानामा चित्त बुझाइरहेका छौं । उनी मात्र होइन, तुलसीपुर १९ मा करीव एक सयको हाराहारीमा खरको छानामुनी छन् ।

स्वेच्छाले खरको छाना राख्न पाउनुहुने छ, तर तपाइहरुलाइ आवस्यकता छ भने खरको छानामुक्त बनाउन मैले पहल गर्ने छु’, उम्मेदवार गेहेन्द्र गिरीले भनिरहंदा मतदाताहरुले मागेका थिए टिन. ।

तुलसीपुर उपमहानगरपालिकामा त्यहिकै कर्मचारीले आयोजना गरेको साक्षातकार कार्यक्रममा स्वास्थ्य शाखाका कर्मचारीले जोखिम भक्ताको कुरा उठाए । एक बर्ष अघि तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका बैठकले निर्णय गरेको थियो, अस्पतालमा खट्ने स्वास्थ्यकर्मिलाइ सत प्रतिसत जोखिम भत्ता, व्यवस्थापनमा खट्नेहरुलाइ पचास प्रतिसत जोखिम भत्ता, तर खोइ ।

कोरोनाको संक्रमणमा मुलुक जर्जर भैरहेको अवस्थामा दोर्ण ओलिको खटन, विमल केसीको खटन, ओमपि न्यौपानेको खटन अनि बसन्त आचार्यको खटनलाइ तुलसीपुर उपमहानगरपालिकाले किन संबोधन गर्न सकेन । ‘हामीले अनैतिक रुपमा सेवा सुविधा मागेका थिएनौं, तर उपमहानगरपालिकाको कार्यपालिका बैठकले निर्णय गरेको एक बर्ष सम्म पनि किन त्यो सुविधा पाएनौं’, बसन्तले भनेका छन् ।

तुलसीपुर उपमहानगरपालिका त्यसो त कम्तिमा पनि ६० करोड दायित्वमा चलिरहेको छ । त्यो दायित्व ठेकेदारहरुलाइ काम गरेको पैसा तिर्नकालागी हो । तर कोरोना भाइरसको संक्रमणमा तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य क्षेत्रका कर्मचारीले गरेको योगदानको संबोधन गर्ने कि नगर्ने ? आम कर्मचारीहरुले यहि प्रश्न सोधिरहेका छन् ।

उपमहानगरपालिकालाइ ऋणमा डुवाउनु दुर्भाग्य भएको भन्दै आफु मेयरमा जिते सवै समस्यालाइ क्रमश समाधान गर्ने मेयरका आकांक्षि गेहेन्द्र गिरीले बताएका छन् ।

उनले विकाश निर्माणको भुक्तानीसंगै आवस्यक अन्य समस्या पनि समाधान गर्ने र कर्मचारी र जनप्रतिनिधिबीच नङ मासुको संबन्ध स्थापीत गर्ने अभिव्यक्ति दिएका थिए । साथै स्थानिय सरकारलाइ अन्धकार मय हुन नदिन पनि आफुले ठोस योजना ल्याउने बताएका थिए ।

प्रकाशित मिति : २०७९ बैशाख २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *