२०८१ मङ्सिर २९ गते शनिवार

मतदान केन्द्र तोकिएका विद्यालयमा ३ दिनसम्म पढाइ सञ्चालन नगर्न निर्देशन

काठमाण्डौ,बैशाख २२ । यही वैशाख ३० गते हुने पालिका चुनावका लागि मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिनसम्म पढाइ सञ्चालन नगर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ ।

मतदान केन्द्र परेका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्नका लागि पत्रमार्फत निर्देशन दिइएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी सुरेशकुमार जोशीले जानकारी दिए ।

चुनावका दिन देशभर सार्वजनिक बिदा दिनका लागि आयोगले यसअघि नै सरकारलाई सिफारिस गरिसकेको छ ।
अहिले भर्ना अभियान सञ्चालन भइरहेको र नयाँ कक्षा सञ्चालन भइरहेकाले तीन दिन विद्यालयको पढाइ प्रभावित हुँदा पनि खासै फरक नपर्ने जोशीले बताए ।

प्रकाशित मिति : २०७९ बैशाख २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *