२०८१ मङ्सिर २४ गते सोमवार

‘हामीले जिते जनअपेक्षा अनुरुप काम गर्ने छौं’ ः गेहेन्द्र गिरी


तुलसीपुर, बैशाख २० । तुलसीपुर उपमहानगरपालिकामा नेपाली काँग्रेसका नेता तथा पाँच दलिय गठबन्धनका साझा उम्मेदवार गेहेन्द्र गिरीले आँफुले जिते जनअपेक्षा अनुसार काम गर्ने बताएका छन् ।

मंगलबार तुलसीपुरका वडा नं. ४, ६ र १० नम्बर लगाएतका वडाहरुमा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै काँग्रेस केन्द्रीय सदस्यसमेत रहेका गिरीले आँफुलाई बिजयी गराउन आग्रह गर्दै आँफुले जिते नगरबासीकै सुझाब अनुसार काम गर्ने बताए ।

‘ हामी स्मार्ट सिटी भन्दै ठूला सपना देखाए कामै नगर्ने काम कदापी गर्ने छैनौं,’ गिरीले भने ‘ हामी गठबन्धनका साथीहरु ज्नअपेक्षा अनुसार मिलेर काम गर्ने छौं । जे भन्छौं त्यही काम गर्ने छौं।’

स्मार्ट सिटी, पहाडमा भ्यूटावर र मोनो रेल भनेर चिटिङ गर्ने काम नगर्ने र जनताका अति आवश्यक कुराहरु स्वास्थ्य, शिक्षा र रोजगारी सृजनामा ध्यान केन्द्रित गर्ने नेता गिरीले बताए ।

‘जनमतको प्रयोग जनताले गर्न पाउनुपर्छ,’ उलने भने ‘ हामी जितेपछि तुलसीपुरमा कम र बिदेश गइरहने टुरिष्ट मेयर हुने छैनौं।’

गाँउलाई शहर सरह कसरी सुबधिा सम्पन्न बनाउन सकिन्छ ? कसरी रोजगारी सृजना गर्न सकिन्छ भन्ने तर्फ लागेर सर्वसाधारणको दैनिक सहज र सरल बनाउने उपाएको खोजी गरिने मेयर पदका उम्मेदवार गिरीले बताए ।

उपाध्यक्ष पदका उम्मेदवार तथा नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य जोगबहादुर राना मगरले यसअघीका मेयरले जनतालाई ठूला सपना देखाएर मत लिएपनि त्यो अनुरुपको काम गर्न नसकेको भन्दै आलोचना गरेका थिए ।

उनले पनि गठबन्धनका उम्मेदवार सबैलाई बिजयी गराउन आग्रह गर्दै जितपछि आँफुहरुले तुलसीपुरको समग्र बिकाशका लागि मिलेर काम गर्ने बताएका थिए ।

पाँच दलिय गठवन्धनका मेयर पदका उम्मेदवार गिरी र उपमेयर पदका उम्मेदवार जोगबहादुर राना संगसंगै चुनाबी कार्यक्रमलाई तीब्रता दिएका छन् ।

यही वैषाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । तुलसीपुरमा यस पटक झन्डै एक लाख सात हजार मतादात रहेका छन् ।

प्रकाशित मिति : २०७९ बैशाख २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *