
तुलसीपुर, १४ बैशाख । तुलसीपुरमा विभिन्न व्यक्तिहरुले काँग्रेसमा प्रवेश गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.४का सन्दीप भण्डारी, गंगन पोख्रेल, यामप्रसाद जैसी, चुमा कुमारी जैसी, जुक्तीकुमारी जैसी लगायतका व्यक्तिहरुले राष्ट्रिय जनमोर्चा परित्याग गरि काँग्रेसमा प्रवेश गरेको वडा सभापति नन्द लाल पुनले जानकारी दिएका छन् ।
उनीलाई गठवन्धनको तर्फ बाट मेयरका उम्मेदवार काँग्रेसका केन्द्रिय सदस्य गेहेन्द्र गिरीले पार्टि प्रवेश गराएका थिए ।
काँग्रेसलेनै देशको विकास र निकास दिने भन्दै काँग्रेसको नितिर विचार राम्रो भएकाले आफुहरुले अन्यदल परित्याग गरेको सहभागीहरुले बताएका थिए ।
सो अवसरमा मेयरमा उम्मेदवार गिरीले आगामी स्थानीय निर्वाचनमा काँग्रेस तथा गडवन्धनका उम्मेदवारलाई विजय गराउन लाग्न नवप्रवेसिकाहरुलाई आग्रह गरेका थिए ।
‘तपाईहरुले हाल भई रहेका गतिविधि देखि सक्नु भएको छ अव काँग्रेसको विकल्प छैन् गठबन्धनका उम्मेदवारलाई विजय गराउन लाग्नुहोस –गिरीले भने । ’
