तुलसीपुर,बैशाख १४ । यहि बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा ५ दलिय गठबन्धनका उम्मेदवारहरुलाई बिजयी बनाउन तुलसीपुरमा सञ्चार उपसमिति गठन गरिएको छ ।
बुधवार प्रेस युनियनको नेतृत्वमा गठबन्धन सम्बद्ध सञ्चार समिति भेलाले ७ सदस्यीय सञ्चार उपसमिति गठन गरेको हो ।
प्रेस युनियन दाङका कार्यबहाक अध्यक्ष नारायण खड्काको अध्यक्षतामा बसेको सम्पन्न भेलाले खड्काको सयोजकत्वमा ७ सदस्यीय सञ्चार उपसमिति गठन गरेको छ ।
जसको सह–सयोजकमा प्रेस सेन्टर तुलसीपुरका अध्यक्ष राकेश बस्नेत रहेका छन । त्यस्तै सदस्यहरुमा सरद रेग्मी,गोपाल शर्मा भट्राई,सर्मिला डिसी,दिपक बोहोरा रहेका छन ।
एक जना सदस्यलाई मनोनित गरिने भेलाले निणर्य गरेको छ ।
भेलाले समाचार लेखन तथा सम्प्रेसनमा सहजतामा लागि सञ्चार डेक्स स्थापना गरेको छ ।
गठबन्धनका उम्मेदवारहरुलाई बिजयी बनाउन प्रचार प्रसारलाई तिब्रता दिने, फिल्ड रिपोटिङ्मा दैनिक कम्तिमा २ जना पठाउने निणर्य समेत गरेको छ ।