दाङ,बैशाख १४ । दाङ जिल्ला उद्योग वाणिज्य संघले सुरक्षा तथा वजार व्यवस्थित वनाउने विषयमा छलफल गरेको छ ।
भर्खरै सुरुवा भएर आएका वडा प्रहरी प्रमुख तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख संग छलफल गरेको हो ।
छलफलमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झविन्द्र परियारले वजारमा ट्राफिक व्यवस्थापमा समस्या रहेको बताए ।
समस्या समाधान गर्नका लागि सबै मिलेर अगाडि वढनु पर्ने उनले भनाइ रहेको थियो । बजारी क्षेत्रमा व्यवस्र्थीत पार्किङ स्थलको आवस्यकता रहेको बताए । पार्किङ स्थल नहुदा सडक भरी नै सवारीका साधन पार्किङ हुने गरेको उनले बताए ।
सघुरो सडकमा पार्किङ गरिदा दुर्घटना बढने समेत उनको भनाइ रहेको थियो । ‘घोराही वजारमा डिजिटल ट्राफिक लाइटको व्यवस्था गर्न आवस्यक रहेको छ’ उनले भने । घोराहीको तुलसीपुर चोक, शहिद गेट र ट्राफिक चोकमा आवस्यक रहेको उनको भनाइ रहेको छ ।
डिजिटल ट्राफिक लाइटको व्यवस्था गर्न सकिएमा दुर्घटना कम गर्न सकिने उनले बताए । वडा प्रहरी कार्यालय घोराहीमा प्रमुख गजेन्द्रवहादुर शाहले प्रहरीलाइ सुचना दिएर सहयोग गर्नु पर्ने बताए ।
‘नागरिकले दिने सानो सुचनाले धेरै ठुलो काम गर्दछ त्यसैले सुचना दिनुहोस’ उनले भने । नागरिक संग सहकार्य गरेर नै अगाडि वढने उनले बताए ।
सभ्य समाज निर्माणका लागि सबै मिलेर जानु पर्ने उनको भनाइ रहेको थियो । प्रहरी एकलैले मात्र केही गर्न नसक्ने भएकाले सबैको सहयोग रहनु पर्ने उनको भनाइ रहेको थियो ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीले वजार व्यवस्थीत तथा शान्ति सुरक्षा काम गर्न व्यवसायीक क्षेत्र वाट सहयोग रहने बताए । व्यवसायीहरुलाई ढुक्क संग व्यावसाय गर्ने वातावरण निर्माण हुनु पर्ने उनले बताए ।
बजार व्यवस्र्थीत बनाउने अभियानमा आफुहरुको सहयोग रहने समेत उनलेको भनाइ रहेको थियो ।
संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले साझ सम्म व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन आवस्यक रहेको बताए ।
सुरक्षा निकायले साझ छिट्टै घोराही वजार बन्द गराउने गरेको यसले भन्दै टाढा बाट आउने नागरिकहरुले समेत समस्या भोग्नु परेको उनको भनाइ रहेको छ ।
वजारमा व्यवस्र्थीत पार्किङक व्यवस्था गर्न लाग्नु पर्ने बताए । कार्यक्रममा सहभागिलाइ धन्वाद ज्ञापन संघका सदस्य भरतप्रसाद रेग्मीले गरेका थिए ।
कार्यक्रमको सहजिकरण संघका सचिव नरेशकुमार श्रेष्ठले गरेका थिए ।