२०८१ मङ्सिर २४ गते सोमवार

सरकारले नयाँ उन्नत जातको हाइब्रीड धानको बीउ एम–पि ३०३० सिफारिस ग¥यो

दाङमा अर्को हप्ता बिउ आइपुग्ने

तुलसीपुर,बैशाख १३ । महिन्द्रा एग्री कम्पनीले दाङका एग्रोभेट सञ्चालक तथा बिक्रेताहरुसगं अन्तरक्रिया कार्यक्रम गरेको छ ।

गत वर्ष मात्र नेपाल सरकारमा सुचिकृत भएको उक्त कम्पनीले मंगलवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि हाईव्रीड धानको बीउ एम–पि ३०३० को बारेमा जानकारी गराएको हो ।

त्यस अवसरमा कम्पनीका छिमेकी मुलुक भारतको उत्तर प्रदेश र नेपाल हेर्ने जनरल म्यानेजर अरुण सिंह बघेलले नेपाल सरकारले सिफारिस गरेको अधिक उत्पादन हुने धानको रुपमा महिन्द्रा एग्री कम्पनीको हाईव्रीड धानको बीउ एम–पि ३०३० को बारेमा जिल्लाका विक्रेताहरुलाई जानकारी दिए ।

उनले नेपालमा दुई बर्ष परिक्षण पश्चात् मात्र सरकारले सिफारिस गरेको बताए ।

उनका उनुसार १२०–१२५ दिनको अवधिमा पाक्ने, कम पानीमा उत्याधिक उत्पादन हुने, सबैभन्दा लामो बाला,धेरै दाना बालाको लम्बाई १२–१३ इन्च,किराको डर रहित र खानामा स्वादिष्ट हुने यस धानको विषेशता रहेको छ ।

दाङमा तुलसीपुर स्थित पृथ्वी एग्रोभेट सेन्टर महिन्द्रा एग्रीको हाईव्रीड धान ः हाईव्रीड धानको बीउ एम–पि ३०३० पाइने आधिकारिक वितरकको रुपमा रहेको छ ।

जिल्लामा अर्को हप्तासम्म धानको बिउ आइपुग्ने छ । उक्त कार्यक्रमको सहजीकरण कम्पनीका राजेश यादवले गरेका थिए ।

प्रकाशित मिति : २०७९ बैशाख १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *