तुलसीपुर, बैशाख १३ । जगदम्बाकुमारी चौधरीलाई नेपाली काँग्रेसले लुम्बिनी प्रदेशको केन्द्र राप्ती गाउँपालिकाको प्रमुख पदको उम्मेदवार बनाएको छ ।
जिल्लाका दश पालिकाहरु मध्य प्रमुख पदमा उम्मेदवारी दिएकी जगदम्बा मात्रै एक्ली महिला हुन । अन्त कुनैपनि पालिकामा कुनैपनि दलहरुले महिलालाई पालिका प्रमुखको उम्मेदवार बनाइएको छैन ।
राप्ती गाउँपालिका वडा नं. ५ पहरुवाकी भरखरै ४६ बर्षमा पाइला टेकेकी जगदम्बा यसअघि गाउँपालिकाको उपप्रमुख भएर पाँच बर्ष काम गरि सकेकी छिन् ।
गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिएकी जगदम्बाले शिक्षाबाट बिए उत्तिर्ण गरेकी छिन् । अहिले राजनीतिशास्त्रबाट स्नात्तोकत्तर (एमए) अध्यनरत छिन ।
जगदम्बाले उपप्रमुखको भूमिका रहँदा न्यायीक समिति लगाएत बिभिन्न सवन्य समितिमा बसेर निष्पक्ष भूमिका निर्वाह गरेको दाबी गर्छिन ।
त्यही निष्पक्ष भूमिकाको मूल्याङकन गरेर जगदम्बालाई नेपाली काँग्रेसले गाउँपालिकाको प्रमुखमा उम्मेदवार बनाएको काँग्रेस दाङका सभापति शंकरप्रशाद डाँगीले बताए ।
आफ्नो काम र क्षमतालाई मूल्याङकन गरि प्रमुख पदमा उम्मेदवार बनाएकोमा उनेल पार्टीका नेताहरुलाई बिशेष धन्यबाद ब्यक्त गरिन ।
आँफुलाई राप्तीबासीले सही मूल्याङकन गरि निर्वाचित गराउने जगदम्बाको विश्वाश छ । आँफुले जितेमा पुरुष दाजु भाइले भन्दा राम्रो र पादर्शी ढंगले सेवा दिने उनले बताइन ।
जगदम्बाले राप्तीलाई राजधानीको केन्द्र तोकेको धेरै समय बितिसक्दापनि जुनरुपमा रुपमा भौतिक पूर्वाधार तयार हुनुपर्ने हो त्यसो नभएको तथा मन्त्रालयहरु समेत स्थान्तरण हुन नसक्नु बिडम्बना मान्नुपर्ने भन्दै त्यसका लागि आँफुले जिते इमान्दारीका साथ पहल गर्ने बताइन ।
त्यस्तै आँफु निर्वाचित भएमा गाउँपालिका भर किसानका खेतबारीमा सिंचाईका लागि खनिएका डीप बोरिङमा लाग्ने बिद्युत महशुल निशुल्क गराउने, किसानलाई रासायनिक मल निशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएकी छिन ।
त्यस्तै उनले विपन्न परिवारका जेहेन्दार बालबालिकालाई उच्च शिक्षासम्म निशुल्क पढाउने ब्यबस्था गरिने जानकारी दिइन । आँफुलाई निर्वाचित गराएमा कृषि, शिक्षा र स्वाश्थ्य क्षेत्रलाई आधार बनाएर काम गर्ने उनले बताइन । जगदम्बाले उच्चरक्तचाप र चिनी रोगका बिरामीको लाग्ने सम्पूर्ण औषधी उपचार निशुल्क गरिने योजना सुनाइन ।
पितृसत्तात्मक सोचबाट अझैंपनि गाउँ घरका महिला दिदी बहिनी ग्रसित रहेको भन्दै आँफु निर्वाचित भए कुनैपनि कारणले पीडित महिला दिदी बहिनीका पीडाहरु बुझेर आवश्यकताको आधारमा सहयोग गर्ने प्रतिबद्धता उनले जनाइन ।
अरु उम्मेदवार को को ?
नेपाली काँग्रेसबाट राप्ती गाउँपालिकाको उपप्रमुखमा हरिप्रशाद भुसाल उम्मेदवार छन् । त्यस्तै नेपाली काँग्रेसकै बुद्धिप्रकाश चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
प्रमुखमा नेकपा एमालेबाट जगत पोखरेल र उपप्रमुखमा कमलापति चौधरीले मनोनयन दर्ता गरेका छन् । राप्तीमा नेकपा माओबादी केन्द्र र राष्ट्रिय जनमोर्चाको चुनाबी तालमेल भएको छ । यहाँ माओबादीका प्रकाश बिष्टले प्रमुखमा र उपप्रमुखमा जनमोर्चाका केशव खनालले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जानकारी दिएको छ ।