२०८१ भाद्र २६ गते बुधवार

नापतौल बिभागको टोलि तुलसिपुरमा  

शरद रेग्मी,
तुलसीपुर, माघ १७ ।
नापतौल बिभागको टोलि तुलसिपुरमा आईपुगेको छ । तुलसिपुर उधोग बाणिज्य सङघको पहलमा ब्यबसायिहरुलाई आफ्नै ठाउमा सेवा प्रदान गर्ने उदेश्यका साथ टोलि आएको हो ।बाणिज्य सङघका अध्यक्ष बिरबहादुर रावतका अनुसार नेपलगञ्ज स्थित क्षेत्रीय कार्यालयबाट प्रबिधिक सहितको टिम तुलसिपुर आईपुगेको छ । ब्यबसायिहरुलाई समय र आर्थिक भार कम गर्न नापतौल बिभागको टिम तुलसिपुरमौ आउने बाताबरणको श्रृजना गरिएको छ । हामिले सनिवार देखि बाणिज्य सङघको प्राङगनमा सम्पूर्ण सामाग्री हरु चेकजाँच गर्ने बाताबरणको तय गरेका छौ बाणिज्य सङघका सचिब बिनिल केसिले भन्नुभयो ।

यता तुलसिपुर उधोग बाणिज्य सङघले आज एक बिज्ञप्ति जारि गरि सम्पूर्ण ब्यबसायि तथा उधोगिहरुलाई समयमै आफ्ना ढक,तराजु र नापतौल सम्बन्धि मेसिनहरुको चेकजाँच गराउन आब्हान गरेको छ । सङघका अध्यक्ष बिरबहादुर रावत र महासचिव रुपबहादुर खत्रिले बिज्ञप्ति जारि गरि अनिवार्य रुपमा तुलसिपुर क्षेत्रमा व्यापार ब्यबसाय सञ्चालन गर्दै आउनुभएका ब्यबसायिहरुलाई सङघमा दर्ता,नबिकरण र आ आफ्ना नापतौलका सामाग्रीहरु चेकजाच तथा नबिकरण गर्न आब्हान गर्नुभएको छ ।

यता यस अघि नापतौल तथा गुणस्तर प्रविधि कार्यालय नेपनलगञ्जले नापतौलका सामाग्री हरु नबिकरण नगर्ने अटेरि गर्ने ब्यबसायिहरुलाई छड्के चेकजाँच गर्दै ब्यबसाय दर्ता खारेजी तथा दोब्बर जरिवाना गर्दै आएको छ ।

प्रकाशित मिति : २०७५ माघ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *