२०८३ भाद्र १२ गते शुक्रवार

प्यूठानमा एमालेले टुंगो लगायो ८ पालिकाका उम्मेदवार

प्यूठान,बैशाख ११ । नेकपा एमाले प्यूठानले जिल्लाका ९ मध्ये ८ वटा स्थानीय तहका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ।

प्यूठान नगरपालिकाको प्रमुखमा विजय विराज विष्ट र उपप्रमुखमा पवित्रा जीसीलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

त्यस्तै स्वर्गद्वारी नगरपालिकामा रामप्रसाद श्रेष्ठ नगरप्रमुख र गौरी वरापातिलाई उपप्रमुखमा उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

त्यसैगरी सरुमारानी गाउँपालिका अध्यक्षमा झगबहादुर विश्वकर्मा र उपाध्यक्षमा वसन्ता खड्का उम्मेदवार बन्ने भएका छन् ।

त्यस्तै माण्डवी गाउँपालिकाको अध्यक्षका लागि श्रीधर रोका र उपाध्यक्षका लागि सम्झना घर्ती उम्मेदवार बन्ने भएका छन् । दुवै जनालाई पार्टीले पुनः दोस्रो कार्याकालका लागि उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला सचिव माधव शर्माले जानकारी दिए ।

मल्लरानी गाउँपालिकामा अध्यक्षका लागि सुनिल शाही र उपाध्यक्षमा ईश्वरा आचार्य, नौबहिनी गाउँपालिकामा अध्यक्षका लागि डिलबहादुर थापा र उपाध्यक्षका लागि बिष्णु थापा केसी, गौमुखी गाउँपालिकाको अध्यक्षमा जुमानसिंह जीसी र उपाध्यक्षमा ज्ञानुमाया केसी उम्मेदवार बन्ने भएका छन् ।

यस्तै ऐरावती गाउँपालिमा अध्यक्षका लागी श्यामबहादुर थापा र उपाध्यक्षका लागि कमलाकुमारी ज्ञवाली उम्मेदवार बन्ने भएका छन् ।

एमाले सचिव शर्माका अनुसार झिमरुक गाउँपालिकामा उपाध्यक्षका लागि विष्णु घर्तीको नाम टुङ्गो लागेको छ। आइतबार साँझसम्म अध्यक्षमा उठ्ने उम्मेदवारको नाम समेत टुङ्गो लागिसक्ने शर्माले बताए।

प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *