दाङ, माघ १६ । ५ नं. प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रशाद केसी(सोनाम)ले बुधवार सार्वजनिक रुपमै घर पालुवा रक्सि खाएका छन् ।
दाङको शान्तिनगर गाउँपालिकामा अध्यक्ष कप रनिङ सिल्ड प्रतियोगिता उद्घाटन गर्न गएका मन्त्री केसीलाई स्थानीय चौधरी महिलाहरुले सगुनको रुपमा घरपालुवा रक्सि ख्वाएका हुन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कानुन मन्त्रीले घरेलु मदिरा खाँदै गर्दा संगै बसेका शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले पनि त्यो सगुनको रुपमा खाएका थिए ।
मालुको पातमा स्थानीय थारु महिलाहरुले कानुन मन्त्री र गाउँपालिकाका अध्यक्षलाई घरपालुवा मदिरा सगुनको रुपमा चखाएका हुन । कानुन मन्त्रीले सगुनको रुपमा मदिरा सेवन गर्दै गर्दा लहरै बसेका प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रशाद रिजाल, जिल्ला प्रहरी प्रमुख बेलबहादुर पाण्डे लगाएत दर्शक दिर्घामा आसिन सयौं सर्वसाधरणले भने निकै रुचि पूर्वक नियालेका थिए ।
त्यस लगतै सम्वोधन गर्दै ५ नं. प्रदेशका १२ वटै जिल्लाका सबै जनताले भव्य उत्सवको रुपमा मनाउने गरि स्थानीय राजधानी तोक्ने तयारी भइरहेको उनले बताएका थिए । उनले ५ नं. प्रदेशको स्थायी मुकाम र नाम अरु सबै भन्दा सुन्दर बनाउने जिकिर गरे ।
हेर्नुहोस भिडियो