२०८१ माघ २६ गते शनिवार

शहिदको संझनामा दीप प्रज्वलन

तुलसीपुर, माघ १६ । तुलसीपुरनगर जेसिजले बुधवार तुलसीपुरको जेसिज चोकमा शहिदको संझनामा दीप प्रज्वलन गरेको छ । ज्ञात तथा अज्ञात सहिदहरुको सम्झना तथा सम्मानमा दीपप्रज्वल गरिएको तुलसीपुर नगर जेसिजका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए ।

उक्त अवसरमा नगर जेसिजका अभियन्ता, तुलसीपपुर उपमहानगरपालिका वडा न. ५ का वडा अध्यक्ष बिरेन्द्रकुमार शाह, नेकपाका नेता बिनोदकुमार शर्मा, विद्यार्थी, ब्यापारी लगाएतको सहभागिता थियो ।

कार्यक्रम संयोजक सुरज भन्डारीले अगुवाइ गरेको कार्यक्रममा शहिदको सम्मानमा मौनधारण सहित पुष्पटिका अर्पण गरिएको थियो ।

कार्यक्रममा धन्यवाद ज्ञापन अध्यक्ष जेसि मेघराज घिमिरेले गरेका थिए भने सहजीकरण नगरजेसिजका महासचिव मोहन सुनारले गरेको प्रवक्ता भट्टराईले बताए ।

प्रकाशित मिति : २०७५ माघ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *