२०८२ जेष्ठ ११ गते शुक्रवार

सुनको भाउ फेरि बढ्दै, तोलामा आज १ लाख १ हजार ५ सय रुपैयाँ पुग्यो

काठमाण्डौ,चैत ३० । सुनको भाउ फेरि बढ्न थालेको छ । हिजो तोलामा आठ सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले बढेर एक लाख एक हजार पाँच सय रुपैयाँमा पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेर तोलाको १४ सय रुपैयाँमा पुगेको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ थियो ।

प्रकाशित मिति : २०७८ चैत्र ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *