
रुकुम,चैत २९ । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावको लागि नेपाली काँग्रेस बाँफिकोट रुकुम पश्चिमले पार्टिको तर्फबाट अध्यक्षका लागि जनक कुमार बाँठामगर र उपाध्यक्षमा नन्दा केसी नाथलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
गठबन्धनले भागबन्डाको टुङ्गो नलगाउँदै बाफिकोट काङ्ग्रेसले अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुङ्गो लगाएको हो ।
नेपाली काँग्रेस बाँफिकोट गाउँ कार्यसमितिको छिन्खेतमा सम्पन्न बैठकले अध्यक्षमा जनक कुमार बाँठामगर सहित उपाध्यक्षमा नन्दा केसी नाथलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको नेपाली कांग्रेस बाँफिकोट गाउँपालिका वडा नम्बर २ का सभापति प्रकाश खत्रीले जानकारी दिए ।
दुबै जनाको नाम आजै जिल्ला कार्यसमितिमा सिफारिस गरिएको छ । वडा अध्यक्ष र सदस्यको भने केहि दिनमा सर्वसम्मत निर्णय गरेर सिफारिस गरिने बताइएको छ ।
अध्यक्षमा सिफारिस भएका बाँठामगर हाल नेपाली काँग्रेस बाँफिकोट गाउँपालिकाको सभापति हुन भने केसी नेपाल महिला संघ बाँफिकोटको सभापति हुन ।
बाँठामगर २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमाले सँग गठबन्धन गरे कांग्रेसका तर्फबाट अध्यक्षको उम्मेदवार थिए । उनी माओवादी केन्द्रका धर्मबहादुर केसीसँग पराजित भएका थिए ।
बैठकमा नेपाली कांग्रेसका जिल्ला उप(सभापति हर्कसिङ खत्री, महाधिबेशन प्रतिनिध ओपेन्द्र मल्ल, नेताहरु खम्मु मल्ल, नरजित बस्नेत, जिल्ला कार्यसमिति सदस्य गणेश चन्द, १० वटै वडा सभापतिहरु, पार्टिका भातृ सङ्गठनका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।