घनश्याम बुढाथोकी,
रोल्पा, माघ १६ । रोल्पामा एकजना जेष्ट नागरिक मृत अबस्थामा फेला परेका छन् । रोल्पा नगरपालिका वडा नं. ४ तितृकोट निवासी ६५ बर्षीय मदु रावत मंगलवार साँझ मृत फेला परेको थिए ।
रावत आफ्नो घरदेखि करिव ३० मिटर टाढा भिरालो जमिनमा मृत अवस्थामा फेला परेका हुन । मृतकको नजिकै मिनरल वाटरको बोत्तल फेला परेको तथा मुखवाट फिँज समेत निस्किएको प्रहरीले जानकारी दिएको छ । रावतको शब जिल्ला अस्पताल रेउघामा पोष्ट मार्टम पछि परिवारका सदस्यले लगेको थिए ।
प्रकाशित मिति : २०७५ माघ १६ गते बुधवार