तुलसीपुर, चैत २२ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मा नेपाली काँग्रेसबाट वडाध्यक्ष पदका लागि ११ जना आकाँक्षी देखिएका छन् ।
बैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि क्षेत्रीय प्रतिनिधि जागेश्वर खड्कादेखि प्रदेश ३ (ख) का सभापति खिमबहादुर वलीसम्मको नाम चर्चामा रहेको छ ।
अहिलेका वडाध्यक्ष चित्रबहादुर वली, पूर्व वडा इकाई सभापति अर्जुनबहादुर केसी, गोबद्र्धन शर्मा, टोपेन्द्र रेग्मी, वडा सदस्य सुवाश डाँगी, गणेश बस्नेत, सुरेन्द्र बुढाथोकी, दिलिप देबकोटा र तारा खत्रीले वडाध्यक्ष पदका लागि आकाँक्षा ब्यक्त गरेका छन् ।
प्रकाशित मिति : २०७८ चैत्र २१ गते सोमवार
