दाङ,माघ १४ ।
एकजना युवतीलाई अपहरण गर्न खोजेको अभियोगमा तीन जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. २ सुर्केडाँगी निवासी २४ बर्षीय बिकाश चौधरी, २१ बर्षीय बिकेन्द्र चौधरी र रामपुर निवासी २२ बर्षीय दिपक नेपाली रहेको जिल्ला प्रहरी प्रबक्ता एवं डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । उनीहरुले तीन जनाले गत शुक्रवार घोराहीको वडा नं. ३ भैंसकुर निवासी १९ बर्षीया एकजना युवतीलाई जवरजस्ती अपहरण गरि टेम्पोमा लैजाने खोजेको प्रहरीले जानकारी दिएको छ ।
घोराहीको तुलसीपुर चोकबाट उनीहरुले ती किशोरीलाई जवरजस्ती नियन्त्रणमा लिएको तथा सिनेमा हेर्न जाने भन्दै झुक्काएर अनेत्रै लग्दै थिए । पीडित युवतीले दिएको निवेदनमा जवरजस्ती आफुलाई उनीहरुले घोराहीको रामपुर तर्फ टेम्पोमा लैजादै गर्दा लक्ष्मिपुर चोकमा प्रतिकार गरेपछि स्थानीयले सयहोगले आफु उम्कन सफल भएको उल्लेख गरेकी छन् ।
प्रतिकारका क्रममा उनी टेम्पोबाट सडकमा लड्न पुग्दा सामान्ने घाइते समेत भएको प्रहरीले जानकारी दिएको छ । युवती चिच्चाएर गुहार माग्दै प्रतिकार गरेको देखेपछि स्थानीयले सहयोग गरेको हुँदा तीनैजना युवा पक्राउ परेको प्रहरीले बताएको छ । पक्राउ परेका तीनै जना विरुद्ध मुलुकी अपहरण उद्योग शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।