२०८२ असार ९ गते मङ्गलवार

कांग्रेसले मात्र देश चलाउन सक्छ : मन्त्री चौधरी

कोभिडको समयमा योगदान पुर्‍याउने २ सय बढी सम्मानित

तुलसीपुर,चैत ११ । लुम्बिनी प्रदेशका पर्यटन,ग्रामिण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले मावन सेवा नै सर्वोत्तम सेवा भएको बताएका छन । शुक्रवार तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ ले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन । उनले कोभिड-१९ को महामारीसगं जुध्न तुलसीपुर वडा नं. ५ ले नमुनायोग्य कार्य गरेको भन्दै वडाको प्रसंसा गरे ।

उनले तुलसीपुरका ५,६ र ९ नम्मर वडालाई एकिकृत बनाउन लुम्बिनी प्रदेश सरकारबाट आउने वर्ष देखि खर्च हुने गरि ४० करोड बजेट टेण्डर प्रक्रिया अगााडी बढेको बताए । ‘गाउँ-बस्तीहरुमा धेरै पुर्वाधारका कामहरु गर्नुछ,मन्त्री चौधरीले भने,‘हामीले हरेक घरमा ग्यासकां पाइप पुर्‍याउन नसकेपनि बिजुलीको चुलो कसरी पर्‍याउन सकिन्छ भनेर लागिपरेका छौँ ।’ त्यस्तै उनले टरिगांउ विमान स्थललाई यथासक्य अगाडी बढाउन प्रधानमन्त्री देउवासगं छलफल पश्चात निणर्य भएको र यस विषयमा प्रधानमन्त्री गम्भिर रहेको बताए ।

नेपाली कांग्रेसले जे बोल्छ त्यो पुरा गरेरै छाड्ने चौधरीले दावी गरे । उनले कांग्रेसले १० वर्षे शसस्त्र द्धन्द्धलाई अन्त्य गर्दै एमसिसि पारिसम्म महत्वपुणर् भुमिका निवार्ह गरेको बताउनुभयोे । कांग्रेस पार्टीले जहिल्यै पनि देशको हितको लागि काम गर्ने बताउदै चोधरीले आउने स्थानीय तहको निर्वाचनमा हरेक ठाउँबाट कांग्रेसले बिजयी हासिल गरि देशको नेतृत्व गर्ने बताए । साथै उहाँले प्रतिपक्षले सत्ता चलाउन नसक्ने र उखान टुक्काको भरमा देश नचल्ने भन्दै नेपाली कांग्रेसले मात्र देश चलाउन सक्ने दावी समेत गरे ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष बिरेन्द्र शाहको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि उपमहानगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत मोहन पौडेलले कोभिडको महामारीमा वडाले गरेको हरेक कार्यहरु नमुनायोग्य भएको बताए । त्यस अवसरमा तुलसीपुरका कोरोना फोकल पर्सन बिमल केसी,तुलसीपुर उद्योग वाणिज्य सघंका महासचिव बिनिल केसी,नेपाली कांग्रेस दंगीशरण गाउंपालिकाका सभापति शम्भु गिरी लगाएतले सामुहीक प्रयासले विपद न्युनीकरण गर्न र कोभिड-१९को संक्रमणबाट हुने मावनिय क्षतिबाट बच्न सफल भएको बताए । वडाले कोभिडको समयमा राहत संकलन गरेर मानव सेवा मात्र नभई पशुपक्षीलाई पनि उद्धार गरेको,गाउँगाउँमा निशुल्क अक्सिजन सिलिन्डर वितरण गरेको,निशुल्क मास्क सेनेटाइजर लगाएत विभिन्न मानविय कार्यहरु गरेको बताए ।

उक्त कार्यक्रममम तुलसीपुर क्षेत्रका उद्योगी,व्यवसायी,स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,अधिकारकर्मी,सञ्चारकर्मी लगाएत विभिन्न क्षेत्रका २ सय बढी व्यक्तीहरुलाई सम्मान गरिएको थियो । वडा सदस्य सावित्रा गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा झलक केसीले विषय प्रवेश गराएका थिए भने वडा सदस्य मधु सुनारले धन्यावाद ज्ञापन गरेकी थिइन । कार्यक्रमको सहजीकरण पत्रकार गोपाल शर्मा भट्राईले गरेका थिए । यसैबिच सो अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष बिरेन्द्र शाहले मन्त्री चौधरीलाई ज्ञापनपत्र बुझाउनुभएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *