दाङ, चैत १० । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका सोकीय सचिव प्रमोद शर्मा नेकपा एमालेमा पार्टी प्रवेश गरेका छन ।
उनले चैत ८ गते मात्रै आफ्नो सामाजिक सञ्जालमा स्ट्याटस लखेर माओबादी पार्टी त्योगेको घोषणा गरेका थिए । शर्मा र उनकी पत्नि सीता चौधरीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार काठमाडौंमा पार्टी प्रबेश गराएका हुन ।
एमालेको बिचार, राजनीति र कार्यदिशा ठिक लागको हुँदा आँफुहरु माओबादी परित्याग गरि एमालेमा पार्टी प्रबेश गरेको उनले बताए ।
दाङको घोराहीका शर्मा एमाले प्रबेश गर्नु पूर्व माओवादी केन्द्रका घोराही उपमहानगर अध्यक्षको जिम्मेवारीमा थिए ।
त्यस्तै उनकी पत्निलाई माओबादीले २०७४ सालको स्थानीय तहको निर्वाचनका क्रममा घोराही उपमहानगरपालिकामा उपमेयरको उम्मेदवार बनाएको थियो । उनी माओबादीको जिल्ला कमिटी सदस्यपनि थिइन ।
प्रकाशित मिति : २०७८ चैत्र १० गते बिहिवार