२०८२ बैशाख ११ गते बुधवार

साहुसंग पैंशा अशुल्न अपहरणमा परेको नाटक गर्ने देवकोटालाई प्रहरीले सार्वजनिक गर्यो

घोराही, चैत ९ । साहुसंग रकम अशुल्न अपहरणमा परेको नाटक नाटक गर्ने युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय घोराहीमा पत्रकार सम्मेलन गरि बुधबार रूकुम पश्चिमको बाफिकोट गाउँपालिकाको झुला घर भई हाल तुलसीपुर ४ स्थित हरि रिजालको ड्रागन फार्ममा काम गर्दै आएका २४ वर्षीय जनक देवकोटालाई प्रहरीले सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले साहुसंग मोटो रकम अशुल्ने उदेश्यका साथ देबकोटाले आँफै अपहरणमा परेको नाटक गरेको तथ्य पत्ता लागेको जानकारी दिए । ‘फिरौति बाफतको मोटो रकम अशुल्ने उदेश्यका देवकोटाले अपहरणको नाटक मञ्चन गरेको खुल्न आयो,’ एसपी काफ्लेले भने ।

आँफैले काम गर्ने ड्रागन फार्ममा नक्कली बम बनाउनेदेखि राख्ने, चिठ्ठी लेखेर धम्कि दिने , ५० लाख माग गर्दै मोबाइलमा म्यासेज लेखेर पठाउने जस्ता सबै कानुन बिपरितका कार्य देवकोटा आँफैले गरेको एसपी काफ्लेले जानकारी दिए ।

साहुको धेरै आन्तरिक कुरा थाहाँ पाएका देवकोटाले मोटो रकम अशुल्ने उदेश्यले आँफै अपहरणमा परेको नाटक गरेको स्पष्ट भइसकेको एसपी काफ्लेले पत्रकार सम्मेलनमा जानकारी दिए ।

अपबाफ फैलाएर साहुबाट फिरौतिलिने उदेश्यका साथ तुलसीपुरबाट चैत ६ गते नेपालगंज गइ बसेको र त्यहाँबाट बुटवलको बसमा दाङको अमेलियास्थित जंगल क्षेत्रमा ओर्लिएपछि प्रहरीले देवकोटालाई नियन्त्रणमा लिन सफल भएको एसपी काफ्लेले जानकारी दिए ।

पक्राउ परेका देवकोटा बिरुद्ध बिष्फोटक पदार्थ निर्माण र झुटो अबबाफ फैलाएर समाजलाई आतंकित पारेको सम्बन्धि मुद्दा चलाएर कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ ।

यो पनि पढ़नुहोस

हरि रिजाललाई फागुन २७ गतेदेखि निरन्तर धम्कि आइरहेको थियो

तुलसीपुरबाट अपहरणमा परेका भनिएका युवक दुई दिनपछि अमेलियामा फेला परे

प्रकाशित मिति : २०७८ चैत्र ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *