२०८३ जेष्ठ २६ गते मङ्गलवार

तुलसीपुरका मेयर घनश्याम सल्टाउँदै छोरा अनुपको लेनदेन मुद्दा

सोना सिमेन्टलाई साढे दुई करोड बराबरको मालसामान दिने समझ्दारी

तुलसीपुर, चैत ८ । तुलसीपुरका मेयर घनश्याम पाण्डेले छोरा अनुप पाण्डेको ठगी मुद्दा सम्बन्धि लेनदेन सल्टाउँन अग्रसर बनेका छन् । एक हप्ता बढी समयदेखि नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका मेयर पाण्डेका छोरा अनुप ठगी मुद्दामा प्रहरी थुनामा रहँदै आएका छन् ।

स्रोतका अनुसार यो बीचमा सोनापुर सिमेन्ट उद्योगको साढे दूई करोडको लेनदेनको मुद्दा मेयर पाण्डेले सल्टाइ सकेका छन् ।

सोना सिमेन्टकै जग्गामा स्टक राखिएको बालुवा गिट्टी र ढुँगा तथा मेसिनरी सामान सिमेन्ट उद्योगलाई दिने सहमति पछि सोना सिमेन्ट उद्योगको तर्फबाट पर्न थालेको ठगी मुद्दा नदिने सहमति भएको स्रोतले जानकारी दिएको छ । जुन बालुवा, गिट्टी र ढुंगा चार लेन सडकका लागि भनेर तुलसीपुर उपमहानगरकै निर्णय अनुसार खोला तथा पहाडबाट निर्वाध रुपमा उत्खनन् गरिएको थियो ।

‘सडकको लागि भनेर क्रसरमा लगेर राखेका बालुवा, गिट्टी ढुँगाहरु ब्यक्तिको ऋण तिर्ण प्रयोग गरिनु उचित मान्न सकिदैन,’ एक अधिकारकर्मीले भने ‘ यो त हाम्रो स्रोत साधनको संस्थागत दुरुपयोग र भ्रष्टचार भयो ।’

पछिल्लो समय अनुप पाण्डे नेकपा एमाले दाङ जिल्ला कमिटी सदस्य तथा घोराहीका इन्चार्ज गेहेन्द्र बस्नेतले जिल्ला प्रहरी कार्यालयमा झन्डै डेढ करोड ठगी गरेको भन्दै उजुरी गरेपछि चेक अनादर मुद्दामा अनुप काठमाडौंमा पक्राउ परेका थिए ।

स्रोतका अनुसार उजुरी कर्ता बस्नेतसंग मेयर पाण्डे र उनका आफन्तले उक्त पैंशाको चेक दिएका छन् । यी बाहेक रकम दिनुपर्ने सबै गरि अन्य १५ जनालाई पनि त्यसैगरि मिलाउन मेयर पाण्डे अग्रसर बनेको स्रोत बताउँछ ।

‘छोरोका ठगी सम्बन्धि मुद्दा बाहिर बाहिरै मिलाउँदै गएपछि मेयरको स्वर फेरि ठूलो हुन थालेको छ,’ एक जना पीडितले भने ‘जसरी उनले प्रहरी बिरुद्ध सामाजिक सञ्जालमा स्ट्याटस लेखे त्यसले मेयर कानुन पालना गर्न र स्वतन्त्र रुपमा घटना अनुसन्धान गर्न सघाउँछन् भन्ने छनक देखिएन।’

मेयर पाण्डेले एक दिन पहिले मात्रै लेखेको थिए – ‘चेक अनादर मुद्दा बैंकिङ कसुर जस्तो फौजदारी अभियोग सरकारवादी नहुने भनी स्पष्ट रुपमा सर्बौच्च अदालतको फैसला छ । तर कसैको दवाव र पुर्बाग्रह साधेर दाङ जिल्ला प्रहरीले जबरजस्ती रुपमा देवानी प्रकृतिको मुद्दालाई फौजदारी अभियोगमा दर्ता गर्नु घोर आपत्ती जनक छ र यस्तो कार्य सम्मानित सर्बौच्च अदालतको अनादर गर्नु पनि हो ।’

तर, दुई बर्षदेखि काम गरेको पैंशा नपाएका मजदुरका हकमा के हुने हो ? त्यसबारे कुनै छिनोफाने नभएपछि फेरि मजुदर बर्ग भने प्रहरीमा उजुरी दिने तयारीमा लागेका छन् ।

तुलसीपुर–घोराही २८ किलोमिटर सडक खण्ड चारलेनको जिम्मा लिएको समयमा अनुप पाण्डे बिरुद्ध नेकपा एमाले निकट बिभिन्न ब्यक्ति तथा ब्यापारी गरि १७ जनाले यसअघि नै झन्डै ६ करोड ठगी गरेको भन्दै प्रहरी प्रशासनमा ठगीसम्बन्धी उजुरी दिएका छन् । ती बाहेक ठगी गरेको भन्दै मजदुरले समेत प्रहरीमा उजुरी दिने तयारी गरेका छन् ।

प्रकाशित मिति : २०७८ चैत्र ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *