२०८२ जेष्ठ ३० गते शुक्रवार

काँग्रेसलाई कसरी बिजयी गराउने भन्ने एउटै अर्जुन दृष्टि राखेर घर–घरमा पुग्नुहोस–काँग्रेस प्रबक्ता महत

तुलसीपुर, चैत ७ । नेपाली काँग्रेसका प्रबक्ता डा. प्रकाशरण महतले पार्टीको आधारस्तम्भ स्थानीय तह भएको भन्दै स्थानीय तहमा बहुमत प्राप्त गर्ने गरि खटिने नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिकाले आइतबार राति आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतले चुनाबका तिता कुरा बिर्सर हरेक घर घर र टोल टोलमा पुग्न आग्रह गरे ।
स्थानीय निर्वाचन जितेपछि मात्रै प्रदेश र संघको निर्वाचन जित्न सहज हुने हुँदा त्यसका लागि हरेक घर र टोलमा पुगेर सबैका कुरा सुन्न गरे ।

‘ काँग्रेसलाई कसरी बिजयी गराउने भन्ने एउटै अर्जुन दृष्टि राखेर आफ्नै गाउँ टोलमा खटिनुहोस, यतिखेर अन्त कतै नजानुहोस,’ महतले भने ‘ आन्तरिक निर्वाचनमा धेरै आकाँक्षी हुँदा प्रतिष्पर्धा स्वभाविक हो र त्यसमा मैलेपनि चुनाब हारेको हुँ । अब त्यसैमा रुमल्लिरहनु भएन ।’

निर्वाचन नजित्ने पार्टी क्लव जस्तै बन्न पुग्ने भन्दै काँग्रेस प्रबक्ता महतले राज्यको स्रोत साधन उपयोग गरि नागरिकको सेवाको लागि सत्तामा पुग्न जरुरी रहेको बताए ।

‘काँग्रेसको यतिखेरको लक्ष्य बढी भन्दा बढी नागरिक संग काँग्रेसलाई जोड्ने र बिजयी गराउने हो,’ महतले भने ‘ तपाँईहरु सबै आ–आफ्नो गाउँ टोलमा खटिनुस र हिजो काँग्रेसलाई भोट नहाल्नेहरुका कुरा सुनेर उचित उत्तर दिनुहोस।’

पूर्व परराष्ट्र मन्त्रीसमेत रहेका नेता महतले नेपालका कम्युनिष्टहरुले आफ्ना योजनाहरु फेल भएपछि एमसिसीलाई नकापको रुपमा प्रयोग गरि रहेको बताए ।

प्रचण्ड, महरा, भीम रावल कोहीपनि एमसिसीको प्रक्रियादेखि बाहिर नरहेको र उनीहरुले नै पाँच बर्ष लगाएर मन्त्री परिषदबाट निर्णय गरेपनि आज झुट बोलिरहेको नेता महतले बताए ।

‘ निर्णय त उहाँहरु आँफैले गरेको हो र आज भीम रावलहरुले आँफै चर्कौ स्वरमा राष्ट्रघात भो भनेर चर्कौ कुरा गरिरहेका छन्,’ महतले भने ‘ उनीहरु एकहोरो बोलिरहँदा झुटोको थुतुनो मात्रै चल्याचल्यै जस्तो भएको छ ।’ सत्य थाहाँ पाउने आँफुहरु चुप लागेर बस्दापनि झुटो कुरा गर्नेहरु हाबी बन्न खोजेको महतले बताए ।

अमेरिकाले ६० अर्ब अनुदान सहयोग दिएको र त्यो नेपालले नै चाहेको क्षेत्रमा खर्च हुने नेता महतले दाबी गरे ।

त्यो सहयोग रकमले कपिलबस्तुदेखि दाङ हुँदै बाँकेको सीमानासम्म सडक तीन सय चार किलोमिटर, तीन सय पाँच किलोमिटर ट्रान्समिटर लाइन निर्माण गरिने महतले बताए ।

‘ के सडक बनेर राष्ट्रघात हुन्छ,’ महतले प्रश्न गरे ‘ उसो भए त राष्ट्रघात हुन्छ भने सबै सडक बन्द गर्नु प¥यो ।’ ट्रान्समिसन लाइन घर घरमा पु¥याउन डोकामा बोकेर वा गाडीमा हालेर लैजान नसकिने हुँदा त्यसको बिकल्प नरहेको उनले बताए ।

‘ ट्रान्समिसन लाइन नहुँदा खेरी उत्पादन भएको बिद्युत खेर रहेको छ,’ महतले भने ‘ त्यसैले ट्रान्समिसन लाइन र सडक निर्माणका लागि अमेरिकी सरकार संग अनुदान रकम हामीले माग गरेको हो ।’

कार्यक्रमलार्य सम्बोधन गर्दै नेपाली काँग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरीले स्थानीय चुनाब पार्टीको लागि जग समान रहेको भन्दै काँग्रेसका उम्मेदवारलाई बिजयी बनाउन एक ढिक्का भएर लाग्न आग्रह गरे ।

गिरीले भने – ‘ आउनुहोस हिजोका तिता कुराहरु भुलेर हातेमालो गरौं र अबबाफ फैलाएर राजनीति गर्ने कम्युनिष्टहरुलाई सबक सिकाऔं।’

त्यस्तै अर्का केन्द्रीय सदस्य राजिबबिक्रम शाहले काँग्रेसलाई घर–घर र गाउँ गाउँमा पु¥याउने गरि सबै लाग्नुपर्ने बेला आएको बताए ।

‘ कम्युनिष्टहरुले जितेको ठाउँ हेर्नुहोस केही प्राप्ती भएको छ,’ उनले भने ‘ सेवा भावले राजनीति गरौं र देश र देशबासीका लागि हित हुने काम गर्न काँग्रेस जित्नै पर्छ ।’

कार्यक्रम तुलसीपुरका नगर सभापति सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सभापति शंकरप्रशाद डाँगी, महिलाको तर्फबाट महाधिबेशन प्रतिनिधि सुशीला सुबेदी, जनप्रतिनिधिको तर्फबाट वडा नं. ७ का वडाध्यक्ष टोपबहादुर केसी लगाएतले सम्बोधन गरेका थिए ।

नगर उपसभापति गौरब सुबेदीको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नगर सचिव बिमल पौडेलले गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *