घनश्याम बुढाथोकी,
रोल्पा, माघ १३ । रोल्पा जिल्लामा पछिल्लो एक हप्ताको अवधिमा भएको आगलागीमा परि लाखौंको धनमाल जलेर नष्ट भएको छ । पुस ३० गते सुनछहारी गाउँपालिका वडा नं. ४ चौतारी टोल निवासी कुलप्रशाद बुढाको फुसले छाएको गोठमा आगलागी हुँदा गोठमा रहेका १९ वटा बाख्रा जलेर मरे । उक्त आगजलनीमा परि थप २ वटा बाख्रा, ४ वटा गोरु र २ वटा गाई जलेर घाइते भए ।
त्यस्तै शनिवार साँझ माडी गाउँपालिका वडा नं. ४ निवासी मानध्वज खड्काको फुसले छाएको एक तल्ले घरमा आगलागी भयो । समयमै प्रहरी र स्थानीयले आगो निभाएपछि त्यसले खासै क्षति पुगेन । त्यस्ते माघ १० गते थवाङ गाउँपालिका वडा नं. २ घुमा निवासी धनप्रशाद बुढा मगरको फुसले छाएको दुई तल्ले गोठमा आगलागी भयो ।
त्यसमा परि एउटा गाई म¥यो भने थप तीन वटा गोरु र ८ वटा गाई घाईते भए । त्यस्तै माघ ८ गते रुन्टीगढी गाउँपालिका वडा नं. ६ खस्राक निवासी ६१ बर्षीय खुस्रा टमाटाको आगो ताप्ने क्रममा जलेर मुत्यु हुन पुग्यो।