२०८३ असोज २८ गते बुधवार

दंगीशरण ५ को वडा भवन र स्वास्थ्य भवन एकै दिन उद्घाटन

दिप्तीशिखाचौधरी, दंगीशरण, चैत १ । दंगीशरण गाउँपालिका वडा न. ५ को नवनिर्मीत प्रशासनिकभवनको उद्घाटन गरिएको छ ।

एक कार्यक्रमका बिच वडा भवनको उद्घाटन गरिएको हो । लुम्बीनी प्रदेश स्वास्थ्यमन्त्री ईन्द्रजीत थारु गाउँपालिका अध्यक्ष भागिराम चौधरीले रीवन काटेर र शिलालेख पढेर भवनको उद्घाटन गरेका हुन ।

शिला लेखमा वडा भवन निर्माणका लागि जग्गादान गर्ने ब्यक्ती गोपाल खत्रीको नाम उल्लेख गरिएको छ । जग्गादाता खत्रीले ३ कट्ठा जग्गादान गरेका हुन ।

यस्तै वडा अध्यक्ष दिपक गौतमको कार्यकालमा वडा भवन निर्माण भएको भन्दै सदस्यहरु खिमबहादुर थापा, नवराजकवर, निमा चौधरी, लिलावती नेपाली र वडा सचिव प्रेम प्रकाश चौधरीको नाम उल्लेख गरिएको छ ।

यसैगरि आधारभुत स्वास्थ्य सेवा केन्द्रको समेत उद्घाटन गरिएको छ । स्वास्थ्य सेवा केन्द्र स्थापनाकालागि बुद्धिराजउपाध्ययायले जग्गादान गरेका थिए । उनले २ कट्ठा जग्गादान गरेका हुन । जम्मा ५ कट्ठामा वडा भवन र आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरिएको हो ।


उद्घाटन कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री थारुले स्वास्थ्य सेवा सुविधाका लागि स्वास्थ्यलाई प्रविधिमैत्री बनाउँने बताए । नागरीकहरुको स्वास्थ्य समस्यालाई घरमै उपचार प्रदानगर्ने उद्धेश्य अनुरुप हरेक स्थानीय तहमा स्वास्थ्य भवननिर्माण प्रक्रियालाई गती लिएकाले अवका दिनमा स्वास्थ्य संग जोडिएका हरेक मेसीन उपलब्ध गराउँने प्रतिवद्धता ब्यक्त गरे ।

अस्पताललाई सुदृढ गराउँनका लागि एक्सरे मेसी, भिडियो एक्सरे मेसीन देखि पोष्टमार्टम, ल्याव सेवा लगाएतका सेवाहरु उपलब्ध गराउँने प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रममा दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरणमा स्वास्थयको क्षेत्रमा सोचे भन्दा धेरै कामहरु भएको बताए । हरेक वडामा नागरीकहरुको समस्यालाई मध्यनजर गर्दै प्रत्येक वडामा आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरेको बताए । यस्तै दुई वटा स्वास्थ्यचौकिमा एम्वुलेन्स सेवा प्रदान गर्नुका साथै वागरमा १५ सैँयाको हस्पिटल निर्माण कार्य जारी रहेको जानकारी दिए । स्वास्थ्यको पहुँचमा दंगीशरणका नागरीकहरु पुगिसकेको भन्दै जग्गादान गरेकालाई धन्यवाद ब्यक्त गरे ।

कार्यक्रममा जग्गादान गर्ने ब्यक्तीत्व गोपालखत्री र बुद्धिराज उपाध्यायलाई सम्मानपत्रले सम्मान गरिएको थियो । भवन उद्घाटन कार्यक्रममा थारु महिलाहरुले शन्देसमूलक गित सहित मघौटा नाचप्रश्तुत गरेका थिए ।

यसैविचसो अवसरमा थारु जातीलाई सांस्कृतिक सामग्री वितरण कार्यक्रम अन्र्तगत लौवस्ता, डाँडाचिस, डाँडागाउँ, कुमलगडि,मिरौली, पोटली, कर्री, खलुवाचिस र लौवस्ताका थारु महिलाहरुलाई लेहेंगा र मादल खरीदका लागि १५ सय रुपैयाँ नगदवितरण गरिएको थियो । वडाअध्यक्ष दिपकगौतम र गाउँपालिकाका प्रमुख प्रशासकियअधिकृत खिमबहादुर खड्काले उक्त सामग्री प्रदान गरेका हुन ।

वडा सदस्य खिमबहादुर थापाको स्वागत मन्तब्य बाट शुरु भएको भवन उद्घाटन कार्यक्रमको सहजीकरण वडा सचिव प्रेम प्रकाश चौधरीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *