२०८२ जेष्ठ ३० गते शुक्रवार

ठेकेदार अनुप पाण्डे पक्राउ परे

तुलसीपुर, फागुन २८ । ठेकेदार अनुप पाण्डे ठगी मुद्दामा पक्राउ परेका छन् । पाण्डेलाई शनिबार बिहान काठमाडौंमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले पक्राउ परेका पाण्डेलाई दाङ ल्याउने तयारी भइरहेको जानकारी दिए ।
पाण्डेका बिरुद्ध बिभिन्न ब्यक्तिले झन्डै ६ करोड ठगी गरेको भन्दै प्रहरी प्रशासनमा उजुरी दिएका छन् ।

पछिल्लो समय घोराही उपमहानगरपालिका वडा नं. १५ का गेहेन्द्र बस्नेतले १ करोड ४४ लाख ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । बस्नेत नेकपा एमाले दाङका जिल्ला कमिटी सदस्य र घोराहीका इञ्चार्ज हुन ।

पक्राउ परेका पाण्डेपनि तुलसीपुरका मेयर तथा नेकपा एमालेका नेता घनश्याम पाण्डेका छोरा हुन ।

पाण्डेले तुलसीपुर– घोराही चार लेन सडक बिस्तको काम गर्दा बिभिन्न ब्यक्तिलाई ठगी गरेको जाहेरी परेको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *