२०८३ जेष्ठ २६ गते मङ्गलवार

पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ


तनहुँ,फागुन २८ । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् ।

शाहका म्यानेजर भनिएका जोशीलाई तनुहँको दमौलीबाट शुक्रवार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अनुसन्धानका लागि जाेशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शाह जोडिएको घटनामा मतियारको भूमिका खेलेको बताउँदै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा गएकाे फागुन ११ गते एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *