२०८० चैत्र १६ गते शुक्रवार

घोराही महायज्ञमा आठौँ दिन ४२ लाख दान

आरके सितल,
घोराही, माघ १० ।
घोराही उपमहानगरपालिका वडा नम्बर– १३ मा रहेको बराहक्षेत्र मावि सेवार बनगाँउको आयोजनामा घोराहीमा जारी महायज्ञमा हालसम्म डेढ करोड बढी दान संकलन भएको छ । विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधीक शिक्षा सञ्चालन सहयोगार्थ आयोजित ‘श्रीमद् भागवत मन–धान्याञ्चल विराट् नवाह ज्ञान महायज्ञ– २०७५’ को आठौँ दिनसम्म १ करोड ५७ लाख ३ सय ३८ रुपैया दान संकलन भएको महायज्ञका निर्देशक प्रा.डा.अर्जुन बुढाथोकीले दिए ।

खिमबहादुर डिसीले नगद ६ लाख दान गरे
महायज्ञको आठौँ दिन ४२ लाख ४ सय ५८ रुपंैया दान संकलन भएको आर्थिक समितिका संयोजक भुपाल गिरीले बताए । बिहीवार महायज्ञमा सबैभन्दा धेरै घोराही १३ का खिमबहादुर डिसीले ६ लाख दान गरेका छन् ।

१ लाख बढी दान गर्नेहरु
सम्राट सिमेन्ट उद्योगका अध्यक्ष मुकुन्द तिम्सिनाले १ लाख १ हजार, घोराही १३ का रविलाल घर्तीले १ लाख ५१ हजार, गणेशप्रसाद रोकाले १ लाख २१ हजार १ सय, बराहक्षेत्र संरक्षण सम्वद्र्धन धार्मिक समितिले १ लाख ११ हजार १ सय ११, मायाकुमारी घर्तीले १ लाख ५ सय ५५, प्रेमबहादुर बुढाले १ लाख ११ हजार १ सय ११, आशमानी चौधरीले १ लाख ११ हजार १ सय ११, रामबहादुर पुन र धनरुपी पुनले १ लाख ५ सय ५, देवा गिरीले १ लाख २ हजार २ सय ३ रुपैंया दान गरेका हुन ।

विहीवार घोराही १३ का टेमन बुढाले ६ लाख १५ हजार १ सय ११ रुपैया बराबरको जग्गा दान गरेको भूमीदान व्यवस्थापन तथा मूल्यांकन उपसमितिका संयोजक देर्लभ केसीले जानकारी दिएका छन् । त्यस्तै दानपेटीकाबाट विहीवारसम्म ५८ हजार ४ सय ७५ रुपैया संकलन भएको छ ।

अन्य कस्ले कति दान गरे ?
देविबहादुर डिसीले २५ हजार ५ सय, घोराही १३ का केबी घर्ती र सारदा घर्तीले २५ हजार ५ सय ५५, लालबहादुर गिरीले २५ हजार १०, श्रीधर गिरीले ५५ हजार ५ सय ५५, मिलनचोक टोल विकास संस्थाले ५१ हजार ५ सय २५ रुपैया दान गरेको आर्थिक समितिका केशव गिरीले जानकारी दिए ।

त्यस्तै रुद्रबहादुर घर्तिले ३१ हजार ५ सय ५, भिमबहादुर कसीले ५६ हजार ७ सय ८९, नारायण पाण्डेले ५० हजार ५५, कमल कार्कीले ५१ हजार १ सय ५, हरिप्रसाद गौतमले २५ हजार १ सय २५, यमबहादुर महतराले ५१ हजार १ सय ५५, भिमकुमार रामदासले २५ हजार १ सय ५, रावरबहादुर बुढाथोकीले ५१ हजार ५ सय ५५ रुपैया दान गरेका हुन ।

त्यसैगरी केशव बुढाथोकीले ५५ हजार ५ सय ५५, खीमा पाण्डे र रेखा पाण्डेले ५० हजार ५५, घोराही हार्डवेयर व्यवसायी समितिले २५ हजार ८ सय ४५, नरेश भण्डारीले २५ हजार ५ सय ५५, धनकुमार रावतले २५ हजार ५ सय ५५, जनकलाल पाण्डेले ३० हजार ५ सय ५, लुमासिंह बस्नेतले २५ हजार ५ सय २५, टीका गिरीले ५५ हजार ५ सय, रीता सेर्पाईली २५ हजार ५ सय ५५ रुपैया दान गरेका छन् ।

एक करोड दीप प्रज्वलन
महायज्ञमा विहीवार एक करोड दीप प्रज्वलन गरिएको छ । महायज्ञको आठाँै दीप प्रज्वलन गरिएको हो । देशमा शान्तिको कामना गर्दै पितृहरुको सम्झनामा दीप प्रज्वलन गरिएको आयोजक मूल समितिका संयोजक विमला योगीले बताइन ।

एक हजार ८ कन्या पूजन गरिने
महायज्ञमा १ हजार ८ कन्याको पूजा गरिने भएको छ । महायज्ञको अन्तिम दिन शुक्रवार एक हजार आठ कन्याको पूजा गरिने आयोजकले जानकारी दिएको छ । शुक्रवार विहान ७ बजेदेखखि कन्या पूजन गरिने आयोजक मूल समितिका सहसंयोजक कुलबहादुर घर्तीले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७५ माघ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *