देविराम कुसारी,
तुलसीपुर, माघ १० । राष्ट्रिय वाणिज्य वैंक शाखा कार्यलय तुलसिपुरले आफ्नो ५४औं वार्षिक उत्सव विभिद कार्यक्रम गरि मनाएको छ । वैंकका शाखा प्रवन्धक शंभुप्रशाद घिमिरेको अध्यक्षता तथा तुलसीपुर उद्योग वाणिज्य वाणिज्य संघका अध्यक्ष विरबहादुर रावत (विरु) को प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अथिति रावतले सेवा विस्तारसंगै सेवामा विश्वसनियता कायम राख्न वैंकलाई सुझाव दिएका छन् । वैंकले दिने सेवा र राख्ने सर्तमा फेरवदल हुन नहुने उनले बताए । कार्यक्रमका अन्य बक्ताले अब वैंकले स्मार्ट सेवा दिनु पर्ने सल्लाह दिएका थिए ।
वंैकका सहायक प्रवन्धक सुजन दधेलको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रममा विशिष्ट अथिति देवबहादुर केसी र पूर्व क्षेत्रीय प्रमुख राजकुमार श्रेष्ठले सेवा प्रभावकारी वनाउन कुनै कसर वाँकी नराख्न आग्रह गरे ।
त्यस कार्यक्रमलाई क्षेत्रीय प्रवन्धक बुद्धप्रकाश श्रेष्ठ, तुलसीपुर उद्योग वाणिज्य संघका सस्थापक अध्यक्ष डिल्लिबहादुर वस्नेत, पुर्व अध्यक्ष विमल रिजाल, व्यवसायी गोकर्ण गिरी, पुर्व कर्मचारी संघका क्षेत्रीय संयोजक शिव श्रेष्ट, पुर्व कर्मचारी शोभाराम केसी लगाएतले मनतब्य व्यक्त गरेका थिए ।
कार्यक्रममा पहिलो सेवा ग्रहिका रुपमा तुलसीपुर ७ का देवबहादुर केसी, तुलसीपुर जयपृथ्बीबहादुर शाहलाई सम्मान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट सेवा ग्रहीका रुपमा भिष्मबहादुर केसी, नेपाल संस्कृत विश्वविद्यालय तुलसीपुर उपमहानगरपालिका, तुलसीपुर नगरविकास, तुलसीपुर फ्लोर मिल, राप्ती फ्लोर, सारदा निर्माण सेवा, राप्ती मनी ट्रान्सफर, राप्ती आखा अस्पताललाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण कर्मचारी दिपेन्द्र सुनारले गरेका हुन ।