लिलाधर वली,
दाङ,१० माघ । कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणी खनाल ‘बल्देव’लाई दाङको ‘बदिया’ भाले उपहार प्रदान गरिएको छ । ५ नं. प्रदेशस्तरिय प्रथम पोल्ट्रि महोत्सव एव प्रदेर्शनी–२०७५ को उदघाटन गर्न दाङको घोराही आएका मन्त्री खनाललाई विहीवार आयोजकले दाङको पहिचानको रुपमा स्थापित बदिया भाले उपहार दिएका हुन ।
पछिल्लो समय दाङको एउटा पहिचानको रुपमा स्थापित हुँदै गएको बदिया भाले व्यवसायलाई थप प्रचार प्रशारको लागि मन्त्रीलाई बदिया भाले उपमहार प्रदान गरिएको आयोजकले जानकारी दिएका छन् ।
बदिया भालेको व्यवसायिक पर्वद्धनमा मद्दत पुगोस भन्ने उद्देश्यले मन्त्रीलाई बदिया भाले उपहार दिएको महोत्सव आयोजक सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति दाङले जानकारी दिएको छ ।
मन्त्रीलाई भाले उपहार दिदा नौंलो उपहार पनि हुने र त्यसले मिडियामा चर्चापनि पाउन सक्ने हुँदा भाले उपहार दिइएको महोत्सवका निर्देशक महेन्द्र बुढाथोकीले जानकारी दिए । भाले उपहार पाउँदा मन्त्रीपनि मख्ख परेका थिए ।
कृषिलाई सम्मानित पेशाको रुपमा विकास गर्न आवश्यक
महोत्सवको उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री खनालले कृषि व्यवसायलाई सम्मानित पेसाका रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन । देशको समृद्धिको मुख्य आधारको रुपमा रहेको कृषि व्यवसायको प्रवद्र्धनका लागि उपयुक्त नीति नहुदाँ अहिले लाखाँै युवाहरु विदेशीने अवस्था रहेको भन्दै मन्त्री खनालले त्यो अवस्था रोक्न आफु लागि परेको दाबी गरे । ‘परम्परागत कृषि प्रणालीमा सुधार ल्याउन नीतिगत सुधारमा लागेको छौँ’,मन्त्री खनाले भने,‘त्यसका लागि नीतिगत सुधारमा लागेको छौँ ।’ कृषि व्यवसायमा युवाहरुको आकर्षण ल्याउनका लागि कृषिलाई सम्मानित पेसाका रुपमा विकास गर्न आवश्यक रहेको उनको तर्क थियो । सरकारले चाहेको देशको समृद्धि कृषि व्यवसायवाटै सम्भव रहेको उनले बताए । ‘सरकारले चाहेको समृद्ध नेपाल बनाउने सपना कृषि व्यवसायवाटै सम्भवन रहेको छ’,उनले भने,‘त्यसका लागि परम्परागत कृषि प्रणालीमा सुधार ल्याउन आवश्यक छ ।’ परम्परागत कृषि प्रणालीमा सुधार ल्याउनकै लागि सरकारले नीतिगत सुधारदेखि किसानलाई उत्पादन र उसले उत्पादन गरेको खाद्यन्नको बजारीकरणमा सहयोग गर्ने कार्यक्रम ल्याउन लागेको उनले जानकारी दिए ।
त्यस्तै हाल देशमा सवै बस्तु आयात हुने गरेपनि माशु र अण्डामा मात्र आत्मनिर्भर रहेको बताए । ‘हाम्रो देशलाई कृषि प्रधानदेश भने पनि हामी हरेक बस्तु आयात गर्ने अवस्थामा छौं,’ मन्त्रीले भने ‘यसले देशलाई घाटा पु¥याई रहेको छ।’ अव देशले आत्मनिर्भर रहेको अण्डा र माशु व्यवसायलाई प्रवद्र्धन गर्दै कृषिको सुधारमा लाग्नुपर्ने बताएका थिए ।
५ नं. प्रदेशस्तरिय प्रथम पोल्ट्रि महोत्सव मुल आयोजक समितिका संयोजक निमबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाकी सचेतक शान्ता चौधरी, प्रदेशसभा सदस्य दामा शर्मालगायतका बक्ताहरुले पोल्ट्रि व्यवसायको प्रवद्र्धन गर्न सके स्वदेशमै रोगजारीका अवसरहरु सिर्जनागर्न सकिने बताएका थिए । सुरक्षित कुखरा तथा दाना व्यवसायी समितिका दाङका उपाध्यक्ष तथा ५ नं. प्रदेशस्तरिय प्रथम पोल्टी महोत्सवका निर्देशक महेन्द्र बुढाथोकीको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव चन्दन भण्डारीले गरेका थिए । २० गतेसम्म सञ्चालन हुने ५ नं. प्रदेशस्तरिय प्रथम पोल्ट्रि महोत्सव एव प्रदर्शनिमा पोल्ट्रि सम्वन्धी विभिन्न स्टलहरु राखिएका छन ।