२०८२ बैशाख ३० गते सोमवार

कांगेस कैलाली सभापतिमा भट्ट विजयी


कैलाली,फागुन १९ । नेपाली कांगेस कैलाली सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन् । पहिलो चरणमा ५१ प्रतिशत कुनै पनि उम्मेदवारको नपुग्दा दोसो चरणबाट भट्ट विजयी भएका हुन् ।

पहिलो चरणमा ९७ मतले पहिलो भएका प्रकाश बहादुर बमलाई पराजित गर्दै भट्ट जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

भट्टले एक हजार ३ सय ५९ मत ल्याएर बमलाई पराजित गरेका हुन् । बमले एक हजार ९६ मत पाए ।

पहिलो चरणमा तीन जना उम्मेदवार थिए । संस्थापन पक्षकै दुई जना उम्मेदवार बम र भट्टबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको हो ।

पहिलो चरणबाट संस्थापन इतर समूहका रामबहादुर कलेलले १ सय ९७ मत मात्रै प्राप्त गरेका थिए ।

निर्वाचन समितिले बिहीबारबाटै जिल्ला समितिका अन्य पदाधिकारी र सदस्यमा भएको निर्वाचनको मतगणना हुने भएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *