२०८३ असोज २८ गते बुधवार

घोराहीका मेयर चौधरी ‘प्रधान सेनापती निशान’बाट विभूषित

दाङ,फागुन १७ । नेपाली सेनाले घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीलाई ‘प्रधान सेनापती निशान’बाट विभूषित गरेको छ ।

सेना दिवस एवं महाशिवरात्रिको अवसरमा नेपाली सेनाले मंगलबार काठमाडौ स्थित सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरेर नगर प्रमुख चौधरीलाई विभूषित गरेको हो ।

घोराही उपमहानगरपालिका स्थानिय सरकारले नेपाली सेनासँग मिलेर विभिन्न जनहितका कामहरु गरेको र त्यसले समाजमा राम्रो प्रभाव पारेको नेपाली सेनाले मूल्यांकन गरको छ ।

सोही मूल्याकंन गर्दै सेनापती प्रभुराम शर्माले नगर प्रमुख चौधरीलाई मेडल र प्रमाणपत्रले विभूषित गरेका हुन् ।

नेपाली सेनासँग मिलेर जनहितका काममा सहयोग तथा सहकार्य गरेर समाज रुपान्तरणमा उल्लेख्य भूमिका खेलेको भन्दै सेनाले नगर प्रमुखलाई बिभूषित गरेको सेनाले जनाएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *