२०८१ फाल्गुन ६ गते मङ्गलवार

सुर्खेतमा आज बेलुका ७ बजेसम्म कफ्र्यू आदेश जारी

दाङ, फागुन १७ । आन्दोलनले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगर बजारमा लगाएको कफ्र्यू अझैं कायमै छ ।
संसदबाट एमसिसी पारित भएको विरोधमा भएको पर्दशनका सहभागिले नेकपा एमालेको पार्टी कार्यालयमा आगजनीको प्रयास, नेपाली काँग्रेस र नेकपा माओबादीको जिल्ला पार्टी कार्यालयमा ढुंगा मुढा प्रहार गरेका थिए ।

त्यसपछि स्थिति नियन्त्रणमा लिन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सोमबार बेलुका सवा ८ देखि मंगलबार बेलुका ७ बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेका थिए ।

उत्तरमा कपासे, दक्षिणमा काभ्रेबिहार, पूर्वमा सुब्बा कुना र पश्चिममा बाङ्गेसिमल क्षेत्र तोकेर कफ्र्यू आदेश जारी गरिएको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहितका ६ राजनीतिक दलले सोमबार बन्द आह्वान गरेका थिए । बन्द सकिएपछि केही समूहले पार्टी कार्यालयमा तोडफोड र आगजनी गर्न थालेपछि स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *