२०८३ असार २७ गते शनिवार

सुनको भाउ आज एक हजार रुपैयाँ घट्यो

काठमाण्डौ,फागुन १३ । हिजो एकैदिन बढेर तोलाको ९९ हजार रुपैयाँमा पुगेको सुनको भाउ आज भने एक हजार रुपैयाँले घटेको छ।

हिजो सुनको भाउ एकैदिन २५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँमा पुगेको थियो।

रुस र युक्रेनको द्वन्द्वका कारण सुनको बजारमा समेत असर परेको छ। आज भाउ घट्नुमा कुनै विशेष कारण नभएको र सुनको बजार अस्थिर रहेकाले भाउमा उतारचढाव आइरहने नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै, चाँदी पनि आज तोलामा २० रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *