
दाङ, फागुन १२ । नायक पल शाहले गायिका समिक्षा अधिकारीलाई उकासेर आफूलाई फसाउन षडेन्त्र भइ रहेको भन्दै आफ्नो बचाउ गरेका छन् ।
दंगाली नायक शाहले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आफूमाथि षड्यन्त्र भएको भन्दै आफ्नै साथी, म्यानेजर, भिडियो निर्माता तथा गायकले फसाउने षडेन्त्रका तानाबाना बुनेको उल्लेख गरेका छन् ।
गायिका समीक्षा अधिकारीलाई प्रयोग गरेर षड्यन्त्र गर्ने व्यक्तिहरु भन्दै शाहले साथी दुर्गेश थापा, ठूल्दाइ सरोज ओली, भाइ कृष्ण जोशी र सम्राट चौलागाईको नाम उल्लेख गरेका छन् ।
त्यसका साथै नायक शाहले अडियोसमेत सार्वजनिक गरेका छन् ।
नाबालिक गायिका अधिकारीले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै बुधबार तनहुँ प्रहरीमा उजुरी दिएकी थिइन । त्यसपछि नायक शाहले आफ्नो बचाउ गर्दै आफूलाई नियोजित ढंगले षड्यन्त्र गरी फसाउन खोजेको कुरा लेखेका छन् ।
उनले लेखेका छन, ‘केही दिनअगाडि प्रसारित अडियो क्लिपमा गायिका समीक्षा अधिकारीद्वारा ममाथि सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप ममाथि लगाइएको छ, ती सबै नियोजित र षड्यन्त्रपूर्ण ढंगले ममाथि प्रहार गरिएको छ ।’
शाहले उक्त सार्वजनिक क्लिपमा भनिए जस्तो सुतिरहेको अवस्थामा जबरजस्ती गरेको, २ वर्ष अगाडिदेखि सम्बन्धमा रहे पनि १ वर्षपछि गर्लफ्रेन्ड छ भनेको र उनलाई मार्न खोजिएको आरोप गलत रहेको उल्लेख गरेका छन् ।
पलले ५ वटा अडियो सार्वजनिक गरेर दर्शक र मिडियाकर्मीलाई आफ्नो कुरा ठीक वा बेठीक छुट्याउन आग्रह समेत गरेका छन । नायक शाहले आफू गलत भए नेपालको कानुनबमोजिम सजाय भोग्न तयार रहेको समेत उल्लेख गरेका छन् ।
