२०८१ चैत्र ४ गते सोमवार

झारफूकको बाहानामा माइजु र भान्जीमाथि जबरजस्ती करणी गरेको अभियोगमा धामी पक्राउ

तुलसीपुर, फागुन ८ । झारफूकको बाहानामा पुगेका एकजना धामीले माइजु र उनकी नाबालिक भान्जीमाथि जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् ।

आँफुलाई शिबको भक्त बताउने तथा देबी देवताले छोएको भनेर दाबी गर्दै स्थानीयस्तरमा धामी झाँर्कीको काम गर्दै आएका तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ का ३५ बर्षीय गोपाल बिक दुई जनाले प्रहरीमा दिएको जोहरीका आधारमा फागुन ५ गते पक्राउ परेका हुन ।


तुलसीपुर १८ खैरेनी टोलकी माइजु र उनकी भान्जी १४ बर्षीया भान्जीले इलाका प्रहरी कार्यालयमा बिकले आँफुहरुलाई घरमै आइ झारफुकको बाहानामा माघ २९ गते बेलुका जबरजस्ती बलात्कार गरेको भन्दै निबेदन दिएका थिए ।


इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार माघ २९ गते बेलुका धामी– झाँर्की बस्न भनेर गएका बिकले पहिला ती महिला र पछि उनकी भान्जीलाई जबरजस्ती करणी गरेको भन्दै फागुन ५ गते प्रहरीमा जाहेरी दिएका थिए ।


पीडितको जाहेरीको आधारमा खोजी गर्दै गएको प्रहरी आरोपित बिकलाई फागुन ५ गते नै तुलसीपुर १९ दुधरास भन्ने ठाउँमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको इप्रका तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

धामी झाँर्कीको कामगर्ने बाहानामा पुगेका बिकले सुरुमा महिलालाई त्रिशुलले प्रहार गर्नुका साथै उनको कपाल समेत काटी दिएका थिए ।

त्यो देखेर त्रसिद भइ ती महिलाका स–साना छोरा छोरी कोठा बाहिर निश्किएपछि बिकले उनलाई जबरजस्ती बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ ।


त्यसपछि बिकले १४ बर्षीया ती महिलाकी भान्जी संग पिउने पानी मागेका थिए । पानी लिन ती बालिका भित्र प्रबेश गरेपछि बिकपनि भित्र प्रबेश गरि ती बालिकालाई पनि जबरजस्ती करणी गरेको पीडितको जाहेरीमा उल्लेख छ ।


पक्राउ परेका बिक बिरुद्ध जिल्ला अदालतबाट म्याद थप भइ थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *