२०८२ बैशाख ३० गते सोमवार

काँग्रेसबाट तुलसीपुर ‘मेयर’मा चर्चा हुन थालेका नामहरु

तुलसीपुर, फागुन ५ । नेपाल सरकारले बैशाख ३० गते एकै साथ देशभर स्थानीय तहको निर्वाचनको मिति तोकेको छ ।


सरकारले मिति तोकेसंगै दाङको तुलसीपुर उपमहानगरपालिकामा अबको मेयर को हुने ? भन्ने बारे बिभिन्न दलहरुमा बिभिन्न ब्यक्तिहरु बारे चर्चा परिचर्चा सुरु भएको छ । सत्ताको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेसमा अझ बढी चर्चाहरु हुन थालेका छन् ।


यद्यपी प्रमुख प्रतिपक्षी नेकपा एमाले, नेकपा माओबादी केन्द्र लगाएतका दलहरु भित्रपनि संभावित उम्मेदवारका नामहरु आउन थालेका छन् । एमाले र माओबादीहरुको बारेमा अर्कौ छुट्टै समाचारमा चर्चा गरौंला । आज नेपाली काँग्रेस भित्रको कुरा गरौं ।


यतिखेर काँग्रेस भित्र पुरानै पुस्ताले मेयरको टिकट पाउँछन् कि ? युवा पुस्ताले पाउलान ? भन्ने अडकलबाजीहरु तीब्र रुपमा भइरहेका छन् ।


अग्रज नेताले पाएमा

यदी भनिए जस्तै गरि अग्रज वा पुरानै पुस्ताले टिकट पाएको खण्डमा यसअघिका जिल्ला सभापतिहरु कीर्तिबहादुर खड्का, घनश्याम रेग्मी, नेता डिल्लीबहादुर बस्नेत, क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्काले टिकट पाउन सक्ने काँग्रेस बृत्तमा चर्चा छ ।

त्यस्तै नेता किरण शाह, महादेब शाहको नाम लिनेहरुपनि छन् । एकराज आचार्यले पनि आँफू मेयरको आकाँक्षी भएको दाबी गर्दै हिडेका छन् ।


युवा पुस्तामा संभावना

यदी युवा पुस्ताले टिकट पाए कस्को संभावना बढी रहन्छ ? धेरैका आ–आफ्नै अडकलबाजीहरु छन् ।

ती अड्कलबाजीहरु मध्य पार्टीको १४औं महाधिबेशनपनि एउटा लोकप्रियता मापन बिधि हो । केन्द्रीय महाधिबेशन प्रतिनिधिमा सबैभन्दा लोकप्रिय मत प्राप्त गरेका बिमल रिजाल र तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमालको नाम एउटा खेमाबाट बढी चर्चामा छ ।
त्यस्तै अर्कौ खेमाबाट डा. नहकुल केसीको नाम बढी चर्चामा छ ।


माथि उल्लेखित बाहेक अन्य बिभिन्न ब्यक्तिहरुले समेत ब्यक्तिगत रुपमा आँफु मेयरको आकांक्षी भएको दाबी गर्दै आएका छन् ।

के हुन सक्छ ?
टिकट बितरण प्रणाली कस्तो हुने हो ? प्रत्येक वडाबाट नाम सिफारिस हुन्छ वा उपमहानगरले सिफारिस गर्छ ? त्यस्तै प्रदेश बाट सिफारिस हुन्छ वा संघीय पदाधिकारीबाट ? कि केन्द्रले नै छिनोफानो लगाउला ? ती सबैबारे सबैका आ–आफ्नै अनुमानहरु छन् ।


तुलसीपुर उपमहानगरपालिका, प्रदेश वा संघ अर्थात लुम्बिनी प्रदेश पदाधिकारीले नै मेयरको सिफारिस गरेको खण्डमा के होला ? अवस्यपनि पार्टी भित्र संस्थापन इतर अर्थात पूर्व मन्त्री तथा केन्द्रीय सदस्य दीपक गिरी प्यानलले नै टिकट पाउने छ ।


त्यस्तो अवस्थामा क– कस्को संभावना प्रबल बन्छ ? त्यो स्वतहः थाहाँ छ । युवा पुस्ता बिमल रिजाल र सुरेश हमाल कै बढी संभावना हुने छ । त्यस्तै जगतबहादुर खड्काको संभावनापनि नकार्न मिल्दैन । तुलसीपुर क्षेत्रका प्रतिष्ठित ब्यबसायी समेत रहेका रिजाल र हमाल नेताहरु र युवा पुस्तामाझ निकै लोकप्रिय छन् ।


यदी त्यसो भएन र केन्द्रले नै मेयरको छिनोफानो गर्ने भए के होला ? स्वतहः संस्थापन पक्षधर काँग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरीको प्यानल हाबी हुने छ । त्यसो भए कस्को संभावना होला?


माथि उल्लेखित अग्रज नेताहरुको संभावना प्रंबल बन्छ । ती मध्य पनि नेता गेहेन्द्र गिरीले कस्लाई रुचाउँछन् वा सिफारिस गर्लान ? त्यो अहम सवाल बन्ने छ । जसबारे अहिले नै अन्दाज गर्न हतार हुनेछ ।


अर्कौ तर्फ यही समुहबाट केन्द्रमा समेत राम्रो पहुँच भएका डा.नहकुल केसीको संभावनापनि उत्तिकै छ । गरिबी निबारण कोषका पूर्व अध्यक्ष केसीको जिल्ला तहदेखि केन्द्रमा शिर्ष नेताहरु संग उनको राम्रो चिनजान छ । त्यसैले तुलसीपुर मेयरमा काँग्रेसबाट केसीको संभावनापनि उत्तिकै देखिन्छ ।


तेस्रो संभावना
भनिन्छ – राजनीति लक र संभावनाको खेलपनि हो । यी दुबै पक्षलाई टिकटका लागि आपसमै भिडाएर अर्कौ कुनैपछि पनि सुटुक्क नआउला भन्न सकिन्न ।

कतिपयका बुझाइमा पूर्व जिल्ला सचिव तथा अहिलेका प्रदेश सांसद शंकर गिरी, नेता केशब आचार्य लगाएतका नेताहरुको नाम लिए । यद्यपी गिरी र आचार्य स्वएंमले आँफु मेयरमा उठ्ने नउठ्ने बारे कुनैपनि प्रतृक्रिया हालसम्म सार्वजनिक गरेका छैनन् ।


त्यस्तै एउटा पक्ष ब्यबसायी जनकप्रशाद खरालको संभावनापनि रहेको चर्चा गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *