२०८२ जेष्ठ ४ गते शुक्रवार

बन्दका कारण दाङमा जनजीवन प्रभावित

दाङ,फागुन ४ । नेकपा विप्लव नेतृत्वसहित ५ राजनीतिक दल र एक मोर्चाले संयुक्त रूपमा घोषणा गरेको नेपाल बन्दका कारण दाङमा जनजीवन प्रभावित भएको छ ।

राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै गरिएको प्रभाव जिल्लाका मुख्य बजारहरू घोराही, तुलसीपुर, नारायणपुर, भालुवाङ, सिसहनियाँ, लमही, गढवा, लमही, हापुरे बजार पुर्णरूपमा बन्द रहेको छ भने लामो तथा छोटो दुरीका सवारी साधनहरु पनि चल्न सकेका छैनन् ।

त्यस्तै शैक्षिक संस्थाहरू पनि बन्द भएका छन् । बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि बजारका चोकहरुमा सुरक्षा व्यवस्था भने कडा पारिएको छ । सडकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालित भएका छन ।

विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र ( समाजवादी) र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले नेपाल बन्द गरेका छन् । बन्द साँझ ५ बजे मात्रै खुल्ने भएको छ ।

यसैबिच बन्दको पुर्ब सन्द्यामा हिजो सोमवार बेलुका बालेको मसाल जुलुसले बजारमा भएको दुर्घन्धीत तथा मसाल बालेको स्थान जेसिज चोकर्मा बन्द पार्टीको सहायक संगठन अखिल नेपाल शिक्षक संगठन तुलसीपुर नगर कार्यसमितिले सरसफाइ गरेको छ।

सगठनका तुलसीपुर अध्यक्ष मेघराज घिमिरेको नेतृत्वमा संगठनका केन्द्रिय सदस्यहरु नारायण भण्डारी,निर्मला डिसी लगाएतको सहभागीतामा सरसफाइ गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *