घोराही, ७ माघ। घोराही उपमहानगरपालिकाले घरबाटै विभेद र हिंसा हटाउने उदेश्यले सासु बुहारीलाई सँगै राखेर अन्तरक्रिया गरेको छ । उपमहानगरको महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा सासु बुहारीलाई भेला गराई दुई दिने अन्तरक्रियामा सहभागि बनाएको हो ।
सासु बुहारीको सम्बन्ध आमा छोरीको झै भए मात्रै परिवार समुन्नत बन्ने र सामाजिक विकासमा त्यसले ठूलो टेवा पु¥याउने भएकाले सासु बुहारी बिचमा अन्तरक्रिया गरिएको शाखा प्रमुख मोतीकुमारी विश्वकर्माले जानकारी दिए।
अनेकौ घरेलु हिंसाहरु सासु बुहारी बिचको खटपटले बाहिर आउने गरेको भन्दै उनले सासु बुहारी बिचमा सम्बन्ध राम्रो गराउन र अनुभव आदान प्रदान गर्नका लागि सामुहिक छलफल गराईको हो । शाखा संयोजक पशुपती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सासु बुहारीले संस्कार र चलनले अहिले पनि सासु बुहारी बिच मनमुटाव हुने गरेको भन्दै अब यसमा रुपान्तरण खोज्नु पर्ने बताएका छन् ।
सासु बुहारी बिचको सहकार्य र मेलमिलापले मात्रै परिवार सुखी र खुसी हुने भन्दै आमाछोरी झै सासु बुहारी विचको सम्बन्ध हुन आबस्यक रहेको बताएका हुन् ।
दुई दिने कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरी, प्रमुख प्रशासकिय अधिकृत सन्तबहादुर सुनारले सहभागि सासु बुहारीलाई नमूना परिवार बनाउन अपिल गरेका छन ।