२०८३ जेष्ठ ३१ गते आइतवार

भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

बाँके,माघ २५ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार कैलालीको टिकापुर नगरपालिका–८ की ६८ वर्षीया महिलाको उपचारको क्रममा मंगलबार दिउँसो साढे १२ बजे मृत्यु भएको हो ।

दुवै डोज कोरोनाविरुद्धको खोप लगाएकी ती महिलामा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : २०७८ माघ २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *