दाङ, माघ ६ । दाङ प्रहरीले दुई थान भरुवा बन्दुकसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ । शनिवार बेलुका ६ बजेतिर शान्तिनगर गाउँपालिका वडा नं. ४ जुम्लेकुला निवासी २९ बर्षीय हरिबहादुर रासकोटीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । गोप्य सूचनाको आधारमा घरमा अवैध रुपमा राखिएको २ नाल भरुवा बन्दुकसहित विकलाई पक्राउ वरिएको प्रहरीले जानकारी दिएको छ ।
विकको घरवाट जंगली बँदेलको जस्तो देखिने २ वटा खुट्टाको सपेटा समेत फेला परेको जिल्ला प्रहरी प्रबक्ता रामप्रशाद घर्तीले जानकारी दिएका छन् । पक्राउ परेका विक विरुद्ध मुलुकी अपराध संहिता ऐन अनुसार हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक कारवाही थालिएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७५ माघ ६ गते आइतवार